भोलि बैशाख १८ गते बुधवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !

भोली मिती बिक्रम संवत २०७६ साल बैशाख महिनाको १८ गते बुधवार तद अनुसार सन् २०१९ मे १ तारिख तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको भोलिको राशिफल

मेष 

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभूति हुनेछ। अनावश्यक खर्चको मात्रामा वृद्धि भएर जानेछ।  आर्थिक कारोवारको सम्बन्धमा बिशेष सावधानी अपनाउनु पर्नेछ।  आध्यात्मिक क्षेत्रम रुचि बढ्ने छ।  मानसिक द्विविधाले सताउनाले महत्वपुर्ण निर्णय लिन कठिन हुने छ।

वृष

व्यापार व्यवसायको क्षेत्रमा आयमा वृद्धि भएर जानेछ।  परिवार तथा इष्टमित्रका साथमा दिन उत्साहपूर्वक व्यतित हुनेछ।  नयाँ सम्बन्धहरु विस्तार भएर जानेछ।  यात्रा फलदायी रहनेछ।  समग्रमा तपाईका लागि भोलिको दिन लाभदायक नै रहेको छ।

मिथुन 

शारीरिक तथा मानसिक रुपले तपाईको भोलिको  अनुकुल रहेको छ।  व्यवसायिक क्षेत्रमा प्रगति हुनका साथै कार्यमा हौसला प्राप्त हुनेछ।  सामाजिक एवम सार्वजनिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि हुनेछ।  पारिवारिक वातावारण सुखमय रहनेछ।  सरकारी क्षेत्रबाट समेत लाभ मिल्ने देखिन्छ।

कर्कट 

धार्मिक यात्रा हुने योग रहेको छ। भाग्यवृद्धिको सम्भावना छ।  विदेशस्थित शुभ समाचार सुन्न पाइने छ।  स्वास्थ्य अनुकुल रहने छ।  व्यवसायिक क्षेत्रमा लाभ  मिल्नेछ। आकस्मिक धन लाभको सम्भावना रहेको छ।  सोचअनुरूप कार्यमा सफलता प्राप्त हुनेछ।

सिंह 

अनावश्यक खर्च हुनबाट सकेसम्म बच्नु पर्नेछ। अनावश्यक स्वास्थ्यमा समस्या देखिन सक्नेछ।  धर्म कर्म तथा आध्यात्ममा मन लगाऊनाले बिशेष लाभ प्राप्त हुनेछ।

 कन्या 

सामाजिक यश कृति प्राप्त हुनेछ। सोचेका हरेक कार्यहरु सरलतापूर्वक सम्पादन भएर जानेछ।  व्यापार व्यवसायको क्षेत्रमा सहकर्मीका साथमा सम्बन्ध सुमधुर रहने छ।  बश्त्राभुषण खरिद गर्ने उपयुक्त समय रहेको छ। समग्रमा कन्या राशी हुनेहरुका लागि भोलिको दिन शुभ रहेको छ।

तुला 

व्यवसायिक क्षेत्रमा लाभ मिल्नेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  कार्यमा सफलता मिल्नेछ।  आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ।  साथीभाईको साथमा लामो यात्रामा निस्कन सक्ने अधिक सम्भावना रहेको छ।

वृच्क्षिक

अनावश्यक रुपमा बादविवादमा नाफस्दा नै राम्रो हुनेछ।  सन्तानको तर्फबाट असन्तुष्टि पैदा हुने छ।  बिद्यार्थीवर्गका लागि पढाई लेखाइको कार्यमा सफलता र उत्साहमा वृद्धि हुनेछ।  भोलिको दिन सकभर यात्रामा नानिस्कादा नै राम्रो हुनेछ।  भबिश्यको लागि महत्वपुर्ण निर्णय लिने समय रहेको छ।  परिश्रम गरे अनुसारको सफलता प्राप्त भएर जानेछ।

धनु 

मानसिक उत्साहमा कमि आउनेछ। परिवारका साथमा अनावश्यक मनमुटाव र असन्तुष्टि पैदा हुने छ।  पैतृक सम्पतिमा ध्यान दिनु पर्ने छ।  धनहानी हुन सक्ने सम्भावना रहेको छ।  माताको स्वास्थ्य सम्बन्धी समस्याले मानसिक तनाव बढ्न सक्ने छ।  धार्मिक तथा आध्यात्मिक कार्यमा मन लगाऊनाले हरेक समस्याबाट मुक्ति पाउन सकिने छ।

मकर 

परिवारजनका साथमा अविष्मरणीय क्षणको अनुभव हुनेछ।  यात्राको सम्भावाना रहेको छ।  दाम्पत्यजीवनमा खुसियाली छाउने छ।  व्यापार व्यवसायको क्षेत्रम अधिक लाभ प्राप्त गर्न सकिने दिन रहेको छ।  बिद्यार्थीवर्गका लागि पनि अध्ययनको क्षेत्र अनुकुल रहेको छ।  आर्थिक लाभ हुने सम्भावना रहेको छ। स्वास्थ्य अनुकुल रहने छ।

कुम्भ 

मानसिक रुपमा द्विविधा पैदा हुनाले महत्वपुर्ण निर्णय लिनमा बाधा उत्पन्न हुन सक्ने छ।  बोलीको नकारात्मक अर्थ लाग्न सक्छ त्यसैले बोल्दा सकेसम्म सावधानी अपनाउदा नै राम्रो हुनेछ। कार्यमा सोचे अनुसारको सफलता मिल्ने छैन। पढाई लेखाईको क्षेत्रमा खासै प्रगति हुने देखिदैनव।

मिन

शारीरिक तथा मानसिक स्फुर्तिको अनुभव हुनेछ। नयाँ कार्यको थालनी गर्नका लागि शुभ समय रहेको छ।  पारिवारिक वातावारणमा सुख शान्ति छाउने छ।  अचानक धन लाभको योग रहेको छ।  धार्मिक कार्यमा मन जानुका साथै धार्मिक यात्रा समेत हुन सक्ने छ।

प्रकाशित : मङ्गलबार, बैशाख १७, २०७६१३:३६

भोलि मातातिर्थ औंशी, कुन-कुन राशि हुनेहरुको दिन शुभ रहला ? हेर्नुहोस् तपाईको राशीफल