२४ घन्टामा सबैभन्दा बढी राष्ट्रिय झन्डा फहराई विश्व रेकर्ड राख्न सफल देश बन्यो ; लेबनान

लेबनान स्थित बेरूत राज्यमा २४ घण्टा राष्ट्रिय झन्डा फहराएर विश्व रेकर्ड बनाईएको छ। बेरुतमा २४ घण्टा भित्रमा पुरै शहरमा
राष्ट्रिय झन्डा फहराएर गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखिएको हो।

सिन्हुआ न्यूज एजेन्सीका अनुसार देशको राजधानीमा बेरूत अलाइव एसोसिएशनले आइतवार कुल २६ हजार ८ सय ५२ झन्डा एकसाथ फहराउन सफल भएको हो । यस भन्दा पहिले यो रेकर्ड न्युयोर्कको वाटरलुमा गरिएको थियो।  जहाँ एकसाथ कुल २५ हजार ५ सय ९९ झन्डा फहराएर विश्व कीर्तिमानी रखिएको थियो।

२४ घण्टा एकै शहरमा सबैभन्दा बढी राष्ट्रिय झन्डा फहराउनका लागि सबै  निर्देशन पालना गरिएको गिनिज वर्ल्ड रेकर्डमा नाम लेखि सकिएको पनि गिनिज वर्ल्ड रेकर्डका निरिक्षकका अहमद जावेरले बताए।

२४ घन्टामा विश्वको सबैभन्दा बढी राष्ट्रिय झन्डा फहराउन सफल देश भनि गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुको श्रेय भने  लेबनानलाई जान्छ , जुन बेरूत अलाइव एसोसिएशनलाई द्वारा हासिल गर्न सफल भएको हो।

 

प्रकाशित : बुधबार, बैशाख १८, २०७६१२:३८

अध्ययनले निकाल्यो यस्तो तथ्य अभिभावकका लागि प्रिय हुन्छन घरका यी सन्तान, हेर्नुहोस