अन्तत; थाईल्याण्डका राजाले गरे आफ्नै बडीगार्डका साथमा बिवाह !

थाईल्याण्डका राजा वाजिरालोंग कोर्नले बुधवार आफै बडीगार्ड सुथिदा तिदजईका साथमा बिवाह गरेका छन। बिवाह पश्चात राजाले सुथिदालाई रानीको उपाधि दिएका छन।

थाईल्याण्डका जनताहरु राजाको यस्तो अचानक भएको विवाहलाई लिएर आश्चर्यचकित परेका छन। बुधवार साँझ सम्ममा राजाको विवाहको हरेक फोटो र भिडियो टेलिभिजनबाट प्रशारण भए पश्चात थाईल्याण्डका बासिन्दाहरु अचम्मित भएका हुन्।  ६६ बर्षीय वाजिरालोंग कोर्न किङ्ग रामा ‘X ‘ (एक्स ) को नामले परिचित रहेका छन।

उनले सन् २०१६ अक्टोबरमा मा पिता राजा भूमिबोल अदुलयादेजको देहावशान पश्चात राजाको पदभार ग्रहण गरेका हुन्।  उनका पिताले ७० वर्षको उमेरसम्म गद्धी सम्हालेका थिए।

वाजिरालोंग कोर्नलाई शनिवार औपचारिक रुपमा बौद्ध र ब्राह्मण नीति नियम अनुसार आधिकारिक रूपमा ताज पहिर्याईने छ।  सन् २०१४ सालमा वाजिरालोंग कोर्नले  सुथिदा तिदजईलाई आफ्नो बडीगार्डको रुपमा नियुक्त गरेका थिए। उनि ‘थाई एयरवे फ्लाइट’ मा पनि कार्यरत रहेकी छिन।

बिवाह अघि नै केहि मिडियाहरुले यी दुईको नाम जोडिएको  भएता पनि राजमहलबाट भने कुनै पनि अधिकारिक जानकारी प्राप्त भएको थिएन। वाजिरालोंग कोर्नको यस भन्दा पहिले पनि ३ पटक बिवाह भईसकेको र उनको तिनै ओटी श्रीमती संगको सम्बन्ध पनि बिच्छेद भएकाले यस पटक आफ्नै बडीगार्डलाई बिवाह गरेका हुन्। उनका साथमा ७ बच्चा समेत रहेका छन।

 

 

प्रकाशित : बिहिबार, बैशाख १९, २०७६१०:५६

पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि