नियमित भिजाईएको चनाको सेवन गर्नाले हुनेछन यस्ता फाइदाहरु , जानिराखौं !

आजकलको ब्यस्त जीवनशैलीका करणले गर्दा स्वास्थ्यको उचित स्याहार सम्भार तथा रेखदेख गर्नका लागि समेत निश्चित समय निकाल्नु पर्ने हुन्छ। प्रदुषणको भार खेपिरहेकाहरुका लागि स्वास्थ्यका लागि पौष्टिक आहारको अत्यन्तै जरुरत पर्ने गर्दछ। यस्तो प्रतिकुल मौसम अनुरुप स्वास्थ्यको उचित हेरचाह नगर्नाले अनेक रोगहरुको शिकार हुनुपर्ने हुन्छ । त्यसैले आज हामी हरेक दिन भिजाएको चनाको सेवनले स्वास्थ्यमा पर्न सक्ने अनुकुल प्रभावहरुको बारेमा बताउन गईरहेका छौं।

भिजाईएको चना खानुका फाइदाहरु

  शरीरमा तागत दिन्छ

-स्वास्थ्यका लागि भिजाएको चना खाने सल्लाह अधिंकाशले दिने गर्छन।  तर यसको सेवन गर्न कतिपयले मन पराउदैनन।   भिजेको चनामा भरपुर मात्रामा आइरन हुन्छ जुन शरीरको पोषणको लागि एकदम फाइदाजनक छ।

-भिजेको चना त स्वास्थ्यका लागि लाभदायक छ यसका साथै चनाको पिठो पनि अति नै फाइदाजनक छ।  यसले शरीरमा तागत दिने मात्र नभई पेट सम्बन्धि समस्या भएकाहरुका लागि समेत राम्रो रहेको छ।  साथमा चनाले पाचन शक्ति समेत मजबुत बनाउन मदत गर्छ।

-एक अध्ययनका अनुसार चनामा ड्राई फ्रूट्सको तुलनामा बढी मात्रामा पोषक तत्व पाइन्छ।

-काँचो चनामा बदाम जति कै तागत दिने मुख्य गुण हुन्छ, यसको सेवनले स्मरण शक्ति बलियो बनाउन मदत गर्छ।शरीरलाई सधै उर्जावान बनाईराख्नका निमित्त हरेक दिन बिहान भिजाएको चना खानु जरुरी छ।

– एक महिना लगातार हरेक दिनको बिहान भिजाएको चना खानाले दुब्लोपनको समस्याबाट समेत छुटकारा पाउन सकिन्छ। यसमा पाइने भिटामिन तथा अन्य पौष्टिक तत्वले एनिमिया जस्ता रोगबाट समेत मुक्ति दिलाऊछ।

-चनामा पाइने आइरन तथा क्याल्सियम जस्ता तत्वले शरीरको अनावश्यक थकान रोक्छ र कार्यक्षमतामा समेत वृद्धि गर्न मदत गर्छ। अझ जिममा घन्टौं सम्म बिताउने व्यक्तिहरुका लागि चनाको सेवन बरदान साबित हुन सक्छ।

 

 

प्रकाशित : शुक्रबार, बैशाख २०, २०७६०७:३६

औषधीय गुणले भरिपुर्ण अम्बाको सेवनले हुनेछ स्वास्थ्यमा नसोचेको लाभ , जानिराखौं