मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
भोलि तपाईको दिन मध्यम फलदायी रहने देखिन्छ। भोलि तपाईको परिवारको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्ला भने भोलि तपईकोम खर्च पनि बढेर जाने देखिन्छ। भोलि तपाईले यात्रा गर्दा संयमता अपनाउनु होला। तर भोलि तपाईको स्थितिमा मध्यान्न पछि भने सुधार आउने देखिन्छ। साँझ मनोरन्जनमा जुटिने छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
भोलि तपाई शारीरिक र मानसिक रूपमा प्रसन्न रहनु हुने देखिन्छ भने भोलि तपाईको हरेक कार्य सफल हुन सक्ला। भोलि तपाई भौतिक तथा आध्यात्मिक दृष्टिबाट पनि प्रसन्न अनुभव गर्नु हुने देखिन्छ। भोलि तपाईलाई उपहार समेत प्राप्त हुन सक्ला। भोलि कृषि, पशुपालन तथा व्यापारमा उल्लेख्य लाभ मिल्ने देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
भोलि तपाईलाई बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने देखिन्छ भने भोलि हरेक निर्णय गर्नु अगी परिवारसँग सल्लाह गर्नु भएको उचित रहन सकल। भोलि धार्मिक कार्यमा खर्च अधिक रहन सक्ला। भोलि तपाईमा एकाग्रताको पनि कमि रहन सक्ला। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्लान्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
भोलिको दिन तपाईको सुख साथै शान्तीपुर्वक रहन सक्ने देखिन्छ। भोलि तपाईको पहिला बिग्रिएको सम्बन्ध समेत सुध्रिने दिन परेको छ। भोलि सरकारी कार्यमा तपाईको सहभागिता उल्लेख्य रहने देखिन्छ भने यस कार्यमा लाभ पनि राम्रै मिल्न सक्ला। भोलि तपाईलाई निर्यात-आयात सम्बन्धि कार्यमा पनि लाभ मिल्न सक्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )
भोलि तपाईको महत्वाकांक्षी योजना कार्यान्वयनमा परिवारबाट साथै आफन्तबाट सहयोग मिल्न सक्ला। भोलि तपाई मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सक्नु हुने देखिन्छ। भोलि तपाईको सम्पूर्ण सम्बन्धहरुमा सुधार आउन सक्ला। भोलि भाग्य वृद्धिको पनि योग देखिन्छ भने भोलि स्वास्थ्य राम्रो हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
भोलि तपाईको बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुने दिन रहेको छ भनें मित्रजनसँग यात्रा पनि रहन सक्ला। भोलि तपाईको खर्च बढेर जाने भएता पनि मानसिक शान्ति भने मिल्न सक्ला। भोलि तपाईको दैनिकी भन्दा केहि टाढा रहेर मनोरन्जनमा रमाउने दिन रहेको छ। भोलि तपाईको धार्मिक कार्य पनि सफल हुन सक्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
शारीरिक विलम्ब र मानसिक चिन्ता बरकरार रहनेछ। क्रोध र क्रोधको मात्रा प्रकृतिमा विशेष हुनेछ। भोलि पैसाको आकस्मिक खर्च हुन सक्छ। भोलि तपाईले नसोच्नु भएको व्यक्तिबाट धोका हुने देखिन्छ भने भोलि तपाईको बोलिका कारण पनि तपाई लज्जित रहनु हुन सक्ला। भोलि तपाईको परिवारसंगको सम्बन्ध राम्रो नहुन सक्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
भोलि्कोद दिनमा तपाईको कार्य सफलता, आर्थिक लाभ र भाग्यवृद्धि योग रहेको छ। भोलि तपाईलाई मान-सम्मान समेत मिल्ने देखिन्छ। शरीरमा भएको एस्सम्पूर्ण दुर्वलता हटेर जान सक्ला। भोलि तपाई प्रतियोगिताहरुमा सफलता हात लाग्ने दिन रहेको छ। प्रिय व्यक्तिहरुसँग भेट-घाट समेत रहने हुँदा दिन राम्रै बित्ने देखिन्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )
तपाईमा भोलि आत्मविश्वासको मात्र अधिक रहने देखिन्छ भने भोलि तपाईको हरेक कार्य सफल हुने देखिन्छ। कुनै पनि कार्यको लागी कुनै निर्णय गर्नु पर्दा संयम रहनु होला। भोलि तपाईको भाषण र व्यवहारमा तालमेल नहुँदा तपाईले दुख पाउनु हुने देखिन्छ। क्रोधको मात्रा अपेक्षाकृत उच्च हुनेछ। स्वास्थ्यको हेरचाह गर्नुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
भोलि तपाईलाई धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ। भोलि परिवारमा तपाईकै कारण कलह हुन सक्ने हुँदा सजक रहनु होला । भोलि तपाईको हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्ला। भोलि तपाईलाई आँखा सम्बन्धि समस्याले सताउने देखिन्छ भने भोलि लगानी गर्दा परिवारमा सल्लाह गरेको उचित हुन सक्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भोलि तपाई सरकार विरोधी कार्यहरू र प्रवृतिहरूबाट रहनु भएमा मात्रै भोलिको दिन तपाइको शुभ बितेर जाने देखिन्छ। भोलि तपाईले समाजमा पनि मान हानी खेप्न पर्न सक्ने हुँदा सजक रहनु भएको राम्रो रह्गने देखिन्छ। बच्चाहरुको भविष्यको बारेमा चिन्ता रहन सक्ला भने भोलि तपाइको स्वास्थ्य सामान्य मात्रै रहन सक्ला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
भोलि तपाईको दिन धार्मिक केन्द्रित रहने हुँदा भोलि तपाईमा शान्ति छाउने देखिन्छ। भोलि तपाईको दिन नयाँ कार्य शुभारंभको लागि धेरैनै शुभ रहेको छ। भोलि तपाईको हरेक कार्य सरलता देखि पूरा हुनेछ। साथै अभोलि तपाईको धेरै समयसम्म भेट नभएका मित्रजन समेत भेट हुन सक्लान्। भोलि टाढाको यात्रा हुन सक्ला।