यसकारण पनि पारिजातलाई पबित्र मानिन्छ, हेर्नुहोस यससंग जोडिएका पौराणिक मान्यताहरु !

प्रकृतिमा जति पनि बनस्पतिहरु छन ति सबैमा अध्यात्मसंग जोडिएका हुन्छ। कुनै बोटबिरुवाको बिशेष महत्वका बारेमा  हामी जानकार छौं भने कुनै महत्वपुर्ण बिरुवाको फाइदाको बारेमा हामी अनविज्ञ समेत हुन् सक्छौं। आज हामी एउटा यस्तो बिरुवाको बारेमा कुरा गर्न  जादैछौं जसको महत्व धर्तीमा मात्र नभई पुरै स्वर्गलोकमा समेत रहेको छ।

पारिजात धार्मिक ग्रन्थहरुमा अत्याधिक महत्वले बर्णन गरिएको बिरुवा हो।  मान्यता अनुसार यसलाई स्वर्गबाट भगवान शिवको भक्तिका लागि मर्त्यलोकमा ल्याईएको हो। यस वृक्ष उत्तर प्रदेश को बारांबकी जनपदको सफदरगंजको  कोटवा आश्रममा अवस्थित रहेको छ।

यस्ता छन पारिजातसंग जोडिएका मान्यताहरु;

शास्त्रका अनुसार महाभारत कालको दौरानमा पाण्डव कुन्ती सहित भई अज्ञातवासको समयमा यस  स्थानमा आएका थिए। माता कुन्ती शिवभक्त भएकाले गर्दा पाण्डवहरुले यस स्थानमा शिव मन्दिरको स्थापना गरिदिएका हुन्। पाण्डवले यस वृक्ष भगवान श्री कृष्णको आदेशमा सत्यभामा वाटिकाबाट ल्याएका थिए। र माताले सधै सोहि फुलले भगवानका ध्यान तथा भक्ति समेत गर्ने गरेकी थिइन्। पौराणिक मान्यता अनुरुप सोहि समयदेखि नै यो रुख सोहि स्थानमा रहेको छ।

पारिजातको रुखलाई आयुर्वेदको क्षेत्रमा पनि महत्वपुर्ण मान्ने गरिन्छ।यसको फुलले भगवान शिव र माता लक्ष्मीको पुजा आराधना गर्नुलाई  शुभ मान्ने गरिन्छ।  मान्यता रहे अनुसार यस वृक्षको उत्पति समुन्द्र मन्थनको क्रममा भएकाले यसलाइ कल्पवृक्षको रुपमा समेत लिने गरिन्छ,यसलाई भगवान इन्द्रले समेत आफ्नो साथमा स्वर्गमा लिएर गएका थिए।

पारिजातको  रुखको बिशेषता अत्यधिक हुने गर्छ तर कतिलाई यसको बारेमा थाहा नहुन पनि सक्छ। यो यस्तो  बिरुवा अन्तर्गत पर्छ जसको बिऊ हुदैन। पारिजात बेलुका मात्र फुल्ने गर्छ र बिहानीपख मात्र झर्ने गर्छ त्यसैले गर्दा नै यस फुललाई अद्भुत रुपमा मान्ने गरिन्छ।

शास्त्रमा बताएअनुरुप पारिजातको फुललाई बोटबाट सिधै टिपेर चडाउने गर्नु हुदैन , यसो गर्नु महापाप हो।  रुखबाट भुईमा झरेको फुल मात्र भगवानलाई अर्पण गर्नु भनेर शास्त्र मा नै उल्लेख गरिएको छ।

यसरी पारिजातको अनेक  प्रकारको दैविक मान्यता रहेको छ।

 

 

 

प्रकाशित : मङ्गलबार, बैशाख २४, २०७६११:३४

राम मात्र होइन यी देवताका आशिर्वादले गर्दा हनुमान भएका थिए यति शक्तिशाली !