गर्मीको समयमा एसी या कुलरमध्ये स्वास्थ्यका लागि कुन फाइदाजनक, जान्नुहोस !

गर्मीको समय सुरु भईसकेको छ।  अत्याधिक गर्मीका कारणले शितलताको अनुभूति पाउनका निमित्त अधिकांशले एसी या कुलरको प्रयोग  गर्ने गरेका छन। गर्मीको समयमा आनन्ददायी निन्द्राको लागि चिसो हावामा सुत्नाले पुरा निन्द्रा पर्ने बिश्वासका साथ मानिसहरुले  एसी या कुलर प्रयोग गर्ने परम्परा बढ्दो क्रममा रहेको छ।

यसैको सन्दर्भमा बेला बेलामा कुलर र एसी मध्ये  स्वास्थ्यका लागि कुन प्रमुख छ भन्ने सवालमा विभिन्न तर्क उठ्ने गरेका छन। कतिपयले चिसो हावा ,खाना ताजा बनाउन तथा बिजुलीको बिल कम उठ्ने भएकाले कुलर बढी प्रभावकारी हुन्छ भन्दै आइरहेका छन तर वास्तवमा साचो कुरा के हो त एसी र कुलर मध्ये कुन चाही स्वास्थ्यका लागि फाइदाजनक छ , एकै छिन चर्चा गरौँ ;

कुलरले मलेरियाको समस्या

यदि समय समयमा कुलरको पानी परिवर्तन नगरेको खण्डमा डेंगु , मलेरिया, लामखुट्टे लाग्ने तथा अन्य थुप्रै रोग लाग्न सक्ने समस्या हुन्छ। तर एसीमा लामखुट्टे लाग्ने सम्भावना निकै नै कम हुन्छ। यसो भन्दैमा एसीमा लामो समयसम्म बस्नु स्वास्थ्यका लागि हानिकारक रहेको छ। जसले शरीरको प्रतिरक्षा प्रणाली समेत कमजोर पार्दछ ।

स्वासप्रस्वास सम्बन्धी समस्या

एसीमा लामो समय बिताउने मानिसमा स्वासप्रस्वास सम्बन्धी समस्या हुने गर्छ। कसरी भने जब कुनै पनि मनिसले एसी खरिद गरि त्यसलाई व्यवस्थित तरिकाले नराख्नाले एसीको जालीमा धुलाको कण पसी सास फेर्न गाह्रो हुने समस्या हुन्छ। त्यसैले एसिलाई कुनै बन्द कोठामा यानकी हावा नछिर्ने कोठामा राख्नु आवश्यक छ।

टाउको दुख्ने 

जो व्यक्ति दिनमा ४ घण्टा भन्दा बढी समय एसीमा बसेर बिताउछ उक्त व्यक्तिलाई टाउको दुख्ने खतरा बढी हुने गर्छ।

तौल बढाउछ

एक अध्ययनका अनुसार बढी समय एसीमा बस्नेहरुमा मेटाबोलिज्म कम भई अनावश्यक वजन बढ्ने खतरा हुन्छ। दिनभरी एसीमा बसी काम गर्दा शरीरबाट पसिना निस्कन नपाउनाले फ्याट उत्पादन हुन नपाई अनावश्यक वजन बढ्ने समस्या हुन सक्छ तर कुलरमा बस्दा यस्तो कुनै पनि समस्या नहुने बताईएको छ।

छाला सुख्खा हुने

कुलरमा ह्यूमिडिटी कम हुनुको साटो बढ्न सक्छ त्यसैले अधिकांश मानिसले एसीको प्रयोग गर्ने गरेका छन। तर अत्यधिक एसीको प्रयोगले छाला सुख्खा हुने समस्या हुन सक्छ। यसकारण यसी या कुलरको प्रयोग गर्ने सन्दर्भमा केहि सजक हुनुपर्ने छ।एसिलाई २०/२२ डिग्री तापक्रम भन्दा बढी चलाएमा छाला सुख्खा हुने तथा रुखो हुने समस्या देखा पर्दछ। त्यसले गर्दा एसीमा बस्दा प्रसस्त मात्रामा पानीको सेवन गर्नु आवश्यक छ।

स्वच्छ हावाको अभाव

एसी कोठामा सुत्ने या लामो समयसम्म बास्नाले स्वच्छ हावाको अभाव हुन्छ। फ्रीन ग्यासले कोठाको गर्मि सोसी कोठालाई चिसो बनाउन मदत गर्छ तर स्वास्थ्यवर्द्धक हावाको अभाव हुन्छ। तातो हावा र गर्मि वातावरण स्वास्थ्यका लागि आवश्यक छ।  कहिलेकाही शरीरको तापमान नियन्त्रण गर्नका लागि चिसो हावाका साथै तातो हावाको पनि आवश्यक हुन्छ। फोक्सो स्वस्थ राख्नका लागि हल्का गर्मीको आवश्यक हुन्छ जुन एसीमा सम्भव छैन।

 

प्रकाशित : बुधबार, बैशाख २५, २०७६०७:४१

बच्चाले माटो खाएर हैरान हुनुहुन्छ , हुनुहुन्छ भने अपनाउनुहोस यी घरेलु उपाय !