आज मिति बिक्रम संवत २०७६ साल बैशाख महिनाको २६ गते बिहिवार तद अनुसार सन् २०१९ मे ९ तारिक तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मानसिक द्विविधाको शिकार भइनेछ। नोकरी व्यवसायको क्षेत्रमा खासै सफलता हात लागि हुने छैन। नया कार्यको थालनी गर्ने शुभ समय रहेको छ। साहित्य लेखनको क्षेत्रमा रुचि बढ्ने छ। बौद्धिक सफलता मिल्नेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
महत्वपुर्ण निर्णय लिन नसक्दा हात लागेको कार्य पनि फ़ुत्किएर जानेछ। अनावश्यक बादविवादमा फस्न सक्ने सम्भावना रहेको छ। लेखन , साहित्य तथा मनोरन्जनात्मक कार्यमा मन जानेछ। बोलीको प्रभाव बढेर जानेछ। नया कार्यको थालनी गर्नका लागि समय त्यति उपयुक्त रहेको देखिदैन।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ। परिवार तथा इष्टमित्रका साथमा दिन सुखमय बित्ने छ। स्वादिष्ट भोजनको अनुभूति हुनेछ। आर्थिक लाभको सम्भावना रहेको छ। धार्मिक कार्यमा मन जानेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
भोलिको दिन अलि बढी खर्चिलो हुनेछ। पारिवारिक वातावारण सामान्य रहेको छ। बोलीको नकारात्मक असर पर्न सक्ने भएकाले बोल्दा बिशेष विचार पुर्याउनु पर्नेछ। स्वास्थ्यमा बिशेष ख्याल राख्नु पर्नेछ। मान प्रतिष्ठामा हानी हुने सम्भावना रहेको सजक रहनुहोला।
सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)
मनमा द्विविधा उत्पन्न हुनाले महत्वपुर्ण कार्य गर्नमा समस्या उत्पन्न हुने सक्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। सन्तानको तर्फबाट सुखानुभूति हुने छैन। स्वादिष्ठ भोजनको अनुभूति हुनेछ।
कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)
नयाँ कार्यको थालनी गरे पश्चात सोचेअनुसारको सफलता प्राप्त गर्ने सकिनेछ। कार्यमा उच्च अधिकारीको प्रसस्त साथ मिल्नेछ। नोकरीमा पदोन्नतिको योग रहेको छ। व्यापार व्यवसायका क्षेत्र्मा लाभ मिल्नेछ। पिताको तर्फबाट लाभ मिल्ने देखिन्छ। स्वास्थ्य अनुकुल रहेको छ। दाम्पत्य जीवन सुखमय बित्नेछ।
तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)
नोकरीमा उच्च अधिकारीको तर्फबाट सोचे अनुसारको लाभ प्राप्त हुने छैन। सन्तान सुख मिल्ने छैन। व्यापारका लागि लाभदायक समय रहेको छैन। स्वास्थ्यमा बिशेष सावधानी अपनाउनु पर्ने छ। धार्मिक यात्राको योग रहेको छ। लेखन तथा साहित्यमा मन जानेछ। अनावश्यक बादविवादमा नाफस्दा नै राम्रो हुनेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)
अनावश्यक खर्चको मात्रामा वृद्धि भएर जानेछ। अनैतिक कार्य गर्नबाट सजक रहनुपर्ने छ। निर्धारित समयमा अपेक्षाकृत कार्य समप्दन भएर जानेछैन। स्वस्थ सम्बन्धी समस्याले सताउने छ। खानपानमा विचार पुर्याउनु पर्नेछ। आध्यात्मिक क्षेत्रमा मन जानेछ।
धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)
बौद्धिक क्षेत्रमा अधिक लाभ मिल्नेछ। सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च हुनेछ। स्वादिष्ट भोजनको अनुभूति हुनेछ। पारिवारिक वातावारण सुखमय बित्नेछ। स्वास्थ्य अनुकुल रहेको छ। कार्यमा सहकर्मीको साथ र सहयोग प्रसस्त मिल्नेछ।
मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)
व्यापार व्यवसायको क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक कारोवारका लागि समय अनुकुल रहेको छ। परिवारजनक साथमा दिन सुखमय रहने छ। आकस्मिक धनलाभको सम्भावना रहेको छ। शत्रु परास्त भएर जानेछ। स्वास्थ्य अनुकुल रहेको छ।
कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)
लेखन तथा साहित्य क्षेत्रमा सफलता मिल्ने छ। सिर्जनात्मक कार्यमा रुचि बढेर जानेछ। सकेसम्म यात्रामा ननिस्कादा नै राम्रो हुनेछ। नया कार्यको थालनी गर्नका लागि समय उपयुक्त रहेको छैन। अनावश्यक रुपमा खर्चको मात्रामा वृद्धि भएर जानेछ।
मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)
परिवारका साथमा अनावश्यक मनमुटाव हुने सम्भावना रहेको छ। माताको स्वास्थ्यमा आएको परिवर्तनले मानसिक चिन्ताले सताउने छ। धन तथा प्रतिष्ठाको हानी हुने छ। पैतृक सम्पतिमा बिशेष ध्यान दिनु पर्ने छ। स्वास्थ्य सामान्य रहेको छ।