के तपाईको बच्चामा पनि यस्तो लक्षण देखिएको छ , सावधान अटिजम भएको हुन् सक्छ !

अधिकांशलाई थाहा नहुन सक्छ वास्तवमा अटिजम के र यो कस्तो खालको रोग हो भनेर। यो एक प्रकारको मानसिक रोग हो , जुन बिशेषगरी बच्चालाई बच्चपनदेखि नै लाग्ने गर्दछ।  जसको कारणले गर्दा बच्चाको सहि तरिकाले मानसिक वृद्धि र विकाश समेत हुन पाउदैन। यस रोगदेखि ग्रसित बच्चाहरु  बाहिरी मानिस संग सजिलै घुलमिल हुन नसक्ने र स्मरण क्षमता समेत कम हुने गर्दछ।

अटिजम रोग के कारणले लाग्छ भन्ने कुराको जानकारी अझै सम्म पनि खुल्न सकेको छैन। तर विज्ञहरुका अनुसार यो कुनै भाइरस , जन्म समय , अक्सिजनको कमि आदिले गर्दा लाग्न सक्ने बताउँछन। एक अध्ययनका अनुसार पोलीसिस्टिक ओवरी सिन्ड्रोम अर्थात् (पीसीओएस) पिडित महिलाको गर्भबाट जन्मिएका अधिकांश बच्चाहरुमा अटिजमको लक्षण देखिने बताईएको छ। यसका साथै गर्भावस्थामा प्रसस्त पौष्टिक तत्वको कमीले गर्दा पनि यस्ता प्रकारका रोग लाग्न सक्ने आशंका गरिएको छ।

अटिजम रोगका लक्षणहरु;

-अटिजम पिडित बच्चाहरु प्राय अन्य बच्चा जस्तो कुनैपनि कुराको तत्काल प्रतिक्रिया जनाउन नसक्ने हुन्छन।

-.अटिजम पिडित बच्चामा भाषा सम्बन्धी रोकावट देखा पर्ने।

-अटिजम भएका बच्चाहरुमा सामान्यतया आफुमा नै हराउने समस्या हुन्छ।

-यदि कुनै पनि बच्चा ९ महिना कटिसक्दा पनि राम्रो संग नहास्ने तथा कुनै पनि प्रतिक्रिया नजनाउने भयो भने सावधान रहनु होला किनकि यो अटिजमको लक्षण हो।

-अटिजम ग्रसित बच्चाले अरुको मुहारमा हेरेर कुराकानी गर्न इन्कार गर्ने गर्छ।

-. मानसिक विकास राम्रोसंग नहुनाले यस्ता बच्चाहरुको स्मरण शक्ति अत्यन्तै कमजोर हुने र बोलेका कुराहरु तुरुन्तै बिर्सने समस्या हुन सक्छ।

त्यसैले यदि तपाइको बच्चामा पनि यस्ता प्रकारका लक्षण देखिएको छ भने अटिजम भएको हुन सक्छ , त्यसकारण यसका लागि बिशेष सावधानी अपनाई समयमा नै चिकित्सकको उचित सल्लाह लिनु आवश्यक रहेको छ।

 

 

 

प्रकाशित : शुक्रबार, बैशाख २७, २०७६०८:३२

गर्मीमा महिको सेवन हुनेछ अमृत समान यसले स्वास्थ्यमा पुर्याउने ९ फाइदाहरु, जानिराखौं !