गर्मीको समयमा खानामा प्रयोग गर्नुहोस यी चिज, हुनेछ नसोचेको लाभ !

पछिल्लो समय गर्मीले गर्दा जनजीवन प्रभावित हुदै गईरहेको छ। यस्तो अवस्थामा स्वस्थ रहनका लागि खानपानमा बिशेष ध्यान दिनु आवश्यक रहेको छ। घाममा लामो समय बस्नाले डिहाइड्रेट हुने खतरा बढी हुन्छ त्यसैले गर्मीको समयमा हुन सक्ने विभिन्न समस्याबाट मुक्ति पाउनका लागि नियमित खाने खानामा यस्ता खानेकुराहरुको समाबेश गर्नु अति नै आवश्यक रहेको छ।

गर्मीको समयमा चिसो अनुभूति दिलाउनका लागि सेवन गरिने खानेकुराहरु यस प्रकार रहेका छन ;

तरबुजा 

तरबुजा खानमा स्वादिष्ट हुनका साथै यसमा भरपुर मात्रामा भिटामिन ए र भिटामिन सी जस्ता पौष्टिक तत्व प्रसस्त मात्रामा पाइन्छ। गर्मीको समयमा यसलाई विशिष्ट खानाको रुपमा लिने गरिन्छ। यसको सेवनले शरीरमा पानीको कमि हुन दिदैन। हरेक दिन बिहानको खाली पेटमा तरबुजाको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।

 काँक्रो 

काँक्रोमा पानीको मात्रामा अधिक हुनका साथै भिटामिन र मिनरल्सको मात्रामा पनि पाइन्छ। यसले जस्तो सुकै गर्मीमा पनि शरीर ठण्डा राख्न उल्लेखनीय भूमिका निर्वाह गर्दछ। यसलाई सलाद या जुस जुनसुकै रुपमा पनि प्रयोग गर्न सकिन्छ।

रसयुक्त फलफुल

गर्मीको समयमा निबुवा, अंगुर , सुन्तला जस्ता फलफुलको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।  यसमा सबै प्रकारको पौष्टिक तत्व पाइन्छ।हरेक दिन यस्ता फलफुलको सेवन गर्नाले गर्मीको समयमा लाग्न सक्ने हरेक प्रकारका स्वास्थ्य सम्बन्धी समस्याबाट बच्न सकिन्छ।

पुदिना

पुदिनालाई खानेकुराको विभिन्न परिकारमा प्रयोग गर्ने गरिन्छ। यसको सेवन स्वास्थ्यका लागि समेत निकै नै फाइदाजनक रहेको छ।  गर्मीको समयमा स्वाद र सन्तुष्टिका लागि मात्र नभई खानामा पुदिनाको प्रयोग लाभदायक मानिन्छ।

प्याज 

गर्मीको समयमा हुने चिरचिराहट गर्मि र हावाबाट हुने अनेक स्वास्थ्य सम्बन्धी समस्याका लागि प्याजले अहम भूमिका निर्वाह गरेको हुन्छ। यसलाई सलाद , चटनी आदि विभिन्न तरिकाले पनि सेवन गर्न सकिन्छ।

प्रकाशित : आइतबार, बैशाख २९, २०७६१०:४३

आवश्यक भन्दा बढी मात्रामा प्याजको सेवन स्वास्थ्यका लागि हानिकारक ,हेर्नुहोस