आज ३८ औँ जन्मदिन मनाउदै पोर्नस्टार सन्नी लियोनि !

एजेन्सी , पोर्नस्टार सन्नी लियोनि बलिवुड चलचित्र उद्योगकी एक सफल कलाकार हुन्। सन्नीको वास्तविक नाम करणजीत कौर वोहरा हो। चलचित्र ‘जिस्म २ ‘बाट बलिवुड प्रवेश गरेकी सन्नीले केहि चलचित्रमा काम गरिसकेकी छिन। चलचित्रका साथै अन्य थुप्रै आइटम नम्बरको गीतमा सन्नीले मोडलिंग गरिसकेकी छिन।

आज अर्थात् मे १३ तारिखका दिन देखि सन्नी ३८ बर्षमा प्रवेश गरेकी छिन। उनको जन्म सन् १९८१ सालमा क्यानाडाको अंतोरियोमा भएको हो। सानै देखि अभिनयमा रुचि भएकी सन्नी हाल बलिवुड चलचित्र उद्योगकी सफल कलाकार हुन सफल भएकी छिन। उनको सन् २००८ माताको र सन् २०१० मा पिताको क्यान्सर द्वारा निधन भएको थियो। उनका भाई सनदीप वोहरा युएसको प्रख्यात होटलका सेफ हुन्।

सन्नी सन् २०११ माडेनियल वेबरका साथमा बिवाह बन्धनमा बाँधिएकी हुन्। चलचित्रको क्षेत्रमा प्रवेश गर्नुपुर्व सन्नी नर्सिङ्गका बिद्यार्थी थिइन् । साथै उनले होटल समेत काम गरेकी छिन। सन्नि एक जना छोरी र २ जना जुम्ल्याहा छोराकी आमा हुन्। उनले सरोगेसिको मार्फतबाट सन् २०१८ मा २ छोराको जन्म दिएकि हुन् उनीहरुका नाम अशर र नोआ सिंह वेबर हो।

 

प्रकाशित : सोमबार, बैशाख ३०, २०७६११:२३

कैलालीमा अचम्मको परिवार, जहाँ एकै घरमा बस्छन ५० जनाको सदस्य !