यस्ता छन तामाको भाँडोमा राखिएका पानी खानुका फाइदाहरु ,जानिराखौं

प्रसस्त मात्रामा पानीको सेवन स्वस्थ्यका लागि फाइदाजनक रहेको छ। यसका साथै तामाको भाँडोमा पानी पिउनु स्वास्थ्यका लागि प्रभावकारी रहेको छ। तामाको भाँडोमा पानी पिउनाले शरीरबाट अनावश्यक बिषालु तत्व शरीरबाट बाहिर निस्कने बिश्वास गरिन्छ।  तर यसले स्वास्थ्यमा कत्तिको प्रभाव पर्दछ भन्ने कुरा  यसको सेवनमा निर्भर गर्दछ। तामाको भाँडोमा रखिएको पानीको परिक्षण गर्नका लागि यसका लागि तामाको भाँडोमा पानी जम्मा गरि बिहानै सबेरै खाली पेटमा सेवन गर्नु पर्दछ। तामाको भाँडोमा ब्याक्टेरिया समाप्त गर्ने बिशेष प्रकारको गुण हुन्छ।

तामाको भाँडोमा राखिएको पानीको सेवन गर्नाले पानीद्वारा लाग्ने विभिन्न समस्याबाट समेत बच्न सकिन्छ।  यसले थाईराईड ग्रन्थिको कार्यप्रणाली नियन्त्रण गर्दछ। पछिल्लो समयमा थाईराईडको समस्याबाट ग्रसित मानिसको संख्या बढ्दो क्रममा रहेको छ त्यसै कारणले गर्दा तामाको भाँडोमा राखिएको पानीको सेवन यसको समस्याको लागि अचुक उपाय हो।

हाडजोर्नीको समस्या भएकाहरुका लागि पनि तामाको भाँडोमा राखिएको पानीको सेवन गर्नु फाइदाजनक रहेको छ। यदि नियमित रुपमा तामाको भाँडोमा राखिएको पानी पिउनाले छालामा चमक आउनुका साथै अनेक समस्याबाट आराम पाउन सकिन्छ। पाचन प्रक्रिया मजबुत बनाईराख्नका साथै छालासंग सम्बन्धित समस्याबाट छुटकारा पाउनका लागि पनि तामाको भाँडोमा राखिएको पानीको प्रयोग गर्नु अति नै उपयोगी मान्ने गरिन्छ।

 

प्रकाशित : सोमबार, बैशाख ३०, २०७६१२:३८

स्वास्थ्यका लागि खतरा साबित हुन सक्छ यी ४ आदतहरु , सावधान रहनुहोस !