स्वास्थ्यका लागि खतरा साबित हुन सक्छ यी ४ आदतहरु , सावधान रहनुहोस !

स्वस्थ जीवनका लागि स्वस्थ खानपान तथा स्वस्थ जिवनशैलि अपनाउनु आवश्यक छ। तर ब्यस्त जीवनशैलीका कारण आजभोली अधिकांशको खानपान तथा अन्य क्रियाकलापमा परिवर्तन आएको छ।  अनावश्यक खानपानले शरीरमा विभिन्न प्रकारका रोगहरु फैलिन सक्ने सम्भावना बढ्दै गएको छ।

आज हामी दैनिक आनिबानीले स्वास्थ्यमा पैदा गर्ने खतराको बारेमा जानकारी दिन जादै छौं , ति के के हुन् त

गुलियो खानेकुराको सेवन

कतिपयलाई अत्यन्तै गुलियो खान मन पर्छ।  तर आवश्यकता भन्दा बढी मात्रामा चिनीको सेवन स्वास्थ्यका लागि हानिकारक रहेको छ। अधिक मात्रामा चिनियुक्त खानेकुराको सेवन गर्नाले शरीरमा इन्सुलिनको मात्रा वृद्धि भई मधुमेहको समस्या सिर्जना हुन सक्छ। साथमा मुटुसम्बन्धि समस्याले सताउने तथा अधिक मोटोपनको शिकार हुन सक्ने सम्भावना रहन्छ।

 पानीको कम  सेवन गर्नु 

एउटा स्वस्थ मानिसको शरीरमा ५० /६० प्रतिशत पानीको मात्रा रहन्छ। यसैबाट थाहा पाउन सकिन्छ कि पर्याप्त मात्रामा पानीको सेवन गर्नु स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भनेर।  पानीको कमिले गर्दा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु देखिन सक्छ जस्तै डिहाईड्रेसन , मोटोपन , कब्जियत , ग्याष्ट्रिक , एक्जिमा , युरिन इन्फेक्सन आदि. त्यसैले गर्दा स्वस्थ जीवनका लागि प्रसस्त मात्रामा पानीको सेवन गर्नु अति आवश्यक रहेको छ।

धुम्रपान तथा मध्यपान

धुम्रपान तथा मध्यपान स्वास्थ्यका लागि हानिकारक रहेको छ। यसले डिप्रेसन , थकान , अनिन्द्रा , क्यान्सर जस्ता प्राणघातक रोग लाग्न सक्ने सम्भावना रहन्छ।

पुरा निन्द्रा नलिनु

कतिपय मानिसले विभिन्न कारणबस रातमा पुरा निन्द्रा लिन पाएका हुदैनन्।  जसमा कामको बोझ , टेन्सन , डिप्रेसन , खानपान, जीवनशैली तथा अन्य विभिन्न कारणहरु जिम्मेवार रहन्छन।  तर जस्तो सुकै परिस्थितिको बाबजुत पनि पुरा निन्द्रा लिनु आवश्यक छ।  निन्द्राको कमीले गर्दा मधुमेह , रक्तचाप , मोटोपन आदिको शिकार हुन सक्ने अधिक सम्भावना रहेको छ।

 

प्रकाशित : मङ्गलबार, बैशाख ३१, २०७६०७:२४

आँखा सम्बन्धी यस्ता समस्या हुन सक्छ गम्भीर रोगको कारण , सजक रहनुहोस !