भोलि मिति बिक्रम संवत २०७६ साल जेठ महिनाको २ गते बिहिवार तद अनुसार सन् २०१९ मे १६ तारिक तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
शारीरिक तथा मानसिक स्फुर्तिको अनुभूति हुनेछ। पारिवारिक वातावारण सुखमय बित्नेछ। आर्थिक लाभ हुनका साथै व्यापार व्यवसायको क्षेत्रमा सन्तुष्टि मिल्नेछ। सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। इष्टमित्रका साथमा रमणीय स्थानको भ्रमण हुन सक्नेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आकस्मिक खर्चको मात्रामा वृद्धि भएर जानेछ। बिद्यार्थीवर्गका लागि पढाई लेखाईको क्षेत्र खासै सन्तोषजनक रहेको छैन।परिवारमा खुसियाली छाउने छ। प्रतिष्पर्धाको बिचमा पनि बिजय हासिल गर्ने दिन रहेको छ। कार्यमा सफलता मिल्नेछ। व
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
परिवारमा अनावश्यक झैँ झगडाको सम्भावनाआर्थिक कारोवार गर्दा सकेसम्म सचेत रहनु पर्नेछ। रहेको सन्तान सुख मिल्ने छैन। आकस्मिक धन खर्च भएर जाने सम्भावना रहेको छ। पढाई लेखाईको क्षेत्रमा खासै सफलता मिल्ने छैन। अचानक मित्रभेट हुन सक्ने सम्भावना रहेको छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आध्यात्मिक सिद्धि प्राप्त गर्ने समय रहेको छ। शारीरिक तथा मानसिक स्वस्थता रही रहनेछ। परिवारका साथमा अनावश्यक मनमुटाव हुने सम्भावना रहेको छ। व्यापार व्यवसायको क्षेत्रमा खासै प्रगति हुने छैन।
सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)
बोलीको प्रभावबाट कार्यमा सजिलै सफलता पाउन सकिनेछ। पारिवारिक जीवनमा खुसियाली छाउने छ। अचानक मित्रभेट हुने सम्भावना रहेको छ। प्रतिस्पर्धात्मक क्रियाकलापमा सकेसम्म सहभागी नहुदा नै राम्रो हुनेछ। दाम्पत्यजीवनमा खुसियाली छाउने छ। आर्थिक लाभको सम्भावना रहेको छ।
कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)
बोलीको प्रभावकारिता बढेर जानेछ। व्यापार व्यवसायको क्षेत्र्मा लाभ मिल्नेछ। मनमा उत्साहको मात्रामा वृद्धि भएर जानेछ। आर्थिक लाभको सम्भावना रहेको छ। घरायसी वातावारणमा खुसियाली छाउने छ। बौद्धिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)
शारीरिक तथा मानसिक स्वास्थ्य सामान्य रहेको छ। खर्चको मात्रामा वृद्धि भएर जानेछ। अनावश्यक बादबिवादमा नाफस्दनै राम्रो हुनेछ। मध्यान्ह पश्चात भने स्थिति सुधार भएर जानेछ। स्वास्थ्य अनुकुल रहनेछ। बोलीको प्रभावकारिता बढेर जानेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)
सोचेका हरेक क्षेत्रमा सफलता मिल्नेछ। धन लाभ हुने सम्भावना रहेको छ। साथीभाईका साथमा घुम्न जाने अवसर मिल्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्ला त्यसैले खानपानमा बिशेष सावधानी अपनाउनुपर्ने छ। आर्थिक कारोवारको क्षेत्र लाभदायक रहेको छ।
धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)
पारिवारिक वातावरणमा खुसियाली छाउनेछ। व्यापार व्यवसायकोक्षेत्रमा सफलता मिल्ने छ। सरकारी कार्यमा लाभ मिल्नेछ। आय आर्जनमा वृद्धि भएर जानेछ। रमणीय स्थानमा घुम्न जाने अवसर मिल्नेछ। स्वास्थ्य अनुकुल रहेको छ।
मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)
विदेशस्थित आफन्तजनबाट शुभ समाचार सुन्न पाइने छ। धार्मिक यात्राको सम्भावना रहेको छ। अपेक्षागरे अनुरुपको कार्यमा प्रतिफल प्राप्त भएर जानेछ। व्यापार व्यवसायको क्षेत्रमा लाभ हुने छ। समग्रमा तपाईको लागि भोलिको दिन शुभ फलदायी रहेको छ।
कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)
बाणी तथा व्यवहारमा संयमितता अपनाउनु पर्नेछ। परिवारमाअनावश्यक मनमुटाव हुन सक्नेछ। धार्मिक कार्यमा मन जानेछ। विदेशस्थित स्वजनको तर्फबाट सुखद समाचार सुन्न पाइने छ। समग्रमा तपाईका लागि भोलिको दिन शुभ रहेको छ।
मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)
दैनिक कार्यमा ढिलासुस्तिको हुनेछ। साथीभाई तथा इष्टमित्रका साथमा दिन आनन्दमय रहने छ। व्यापार व्यवसायको क्षेत्रमा लाभ मिल्ने देखिन्छ। मध्यान्ह पश्चातको समयमा भने स्वास्थ्यमा समस्या देखिने छ। परिवारका साथमा अनावश्यक मतभेद हुन सक्ला सजक रहनु होला। अनावश्यक रुपमा खर्चको मात्रामा वृद्धि भएर जानेछ।