सायद तपाइ कश्मिरको बोट हाउसको बारेमा त पक्कै पनि जानकार हुनुहुन्छ होला या कहिँ कतै पढ्नु भएकै होला तर के तपाईले २४ घण्टा नै पानीमा बिताउने समुदायको बारेमा सुन्नु भएको छ। यदि छैन भने आउनुहोस हामीतपाईलाई यसको बारेमा केहि जानकारी दिन जादै छौं।
नेपालको मित्रराष्टको रुपमा रहेको चीनमा एक यस्तो सम्प्रदाय रहेको छ जहाका मानिसले जमिनमा नभई पानीमा आफ्नो बस्ति बसालेका छन र बिगत लामो समयदेखि नै पानीमा जीवनयापन गर्दै आइरहेका छन। यस बस्तीका मानिसलाई पानीमा बस्नु सामान्य जस्तै लाग्छ र पानीमा बस्ति बसाल्नुलाई पनि उत्तिकै सहज मान्ने गरेका छन। चीनको यस शहरको नाम निंगडे सिटी हो। यस स्थानको एक बस्ति सधै पानीमा तैरिएको अवस्थामा नैबसालिएको छ।
यस स्थानमा पानीमा बस्ति बसाल्ने परम्परा करिब तेह्र सय वर्ष पुरानो हो। यहा हाल ८ हजार ५ सय मानिस बस्ने गरेका छन। यहा अवस्थित सम्पूर्ण बासिन्दाको काम माछा मार्नु हो। जसलाई स्थानीय भाषामा ‘टाँका’ भन्ने गरिन्छ।
यस समुदायका मानिसले डुंगामा बस्ति बसाल्ने र माछा मार्ने काम गर्दछन। यसैबाट यस बस्तीका अधिकांसको जीविकोपार्जन हुने गरेको छ। यो विश्वको एक मात्र यस्तो ठाउं हो जहाका मानिस गहिरो समुन्द्रको माथि वस्ती बसालेर जीवन धान्ने गर्छन। परिवार पाल्नका निमित्त यिनीहरुले समुन्द्रमा बस्ति बसाल्न सुरुवात गरेका हुन्। यस सम्प्रदायका मानिस समुन्द्रमा ठुलै खतरा आउने संकेत पाए पछि समुन्द्रबाट केहि टाढा जाने गर्छन। यस समुदायको अर्को अचम्मको कुरा यिनीहरु न त समुन्द्रको किनारामा आउछन न त समुन्द्रको किनारमा बस्ने संग बिवाह बन्धनमा नै बाधिन्छन ।