भनिन्छ हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको छ। हालसालै अनुसन्धानकर्ताहरुले पनि हास्नुले साच्चिकै खुसि महसुश गर्ने बताएका छन। साइकोलोजिस्ट्सको एक अध्ययनले पनि ५० बर्षको डाटा हेर्दा मानिसको हाँसो उनीहरुको अनुहारको हाउभाउ र भावना संग सम्बन्धित रहेको हुन्छ भन्ने तथ्य पत्ता लगाएको छ।
अमेरिका यूनिवर्सिटी अफ टेनेसीका पीएचडीका बिद्यार्थी निकोलस कोल्सका अनुसार मुस्कुराउनाले मानसिक रुपमा आनन्द र खुसि प्राप्त हुने निष्कर्ष निकालेका छन।
त्यसैले आज हामी हास्नु स्वास्थ्यका लागि कति फाइदाजनक छ त भन्ने बिषयमा केहि जानकारी दिन गइरहेका छौं। हास्नुका एक मात्र नभई स्वास्थ्य सम्बन्धी अनेक फाइदाहरु रहेका छन ति के के हुन् त ;
-हास्नाले मानसिक तनाव कम हुनका साथै डिप्रेशनको खतराबाट पनि मुक्ति पाउन सकिन्छ।
-यसले प्राकृतिक पेन किलरको रुपमा काम गर्दछ
-हास्नाले शरीरमा अक्सिजनको मात्रामा वृद्धि हुन्छ
-हास्नु एक शारीरिक अभ्यास पनि हो
-हास्नाले रोग प्रतिरोधात्मक क्षमतासंग लड्ने बिशेष क्षमता राख्दछ
-आकर्षक मुहारका लागि हास्नु सबैभन्दा महत्वपुर्ण ब्यायाम हो
-मुस्कुराउनाले आत्मविश्वासमा वृद्धि भएर जान्छ
-मुहारमा मुस्कुराहट कायम गर्नाले सकारात्मक सोचको विकास हुन्छ
-यदि हरेक क्षण मुस्कुराउने गर्नाले जीवनमा कदापी निराशाको भाव पैदा हुदैन
हास्नु नै बाँच्नु हो भन्ने गरिन्छ त्यसैले जस्तोसुकै परिस्थितिमा पनि हरपल मुस्कुराउने प्रयास गर्नुहोस र जीवनमा अगि बढ्ने बिशेष क्षमता प्राप्त गर्नुहोस