हास्नु नै बाँच्नु हो , जान्नुहोस हास्नुका बिशेष फाइदाहरुको बारेमा !

भनिन्छ हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।  हालसालै अनुसन्धानकर्ताहरुले पनि हास्नुले साच्चिकै खुसि महसुश गर्ने बताएका छन। साइकोलोजिस्ट्सको एक अध्ययनले  पनि ५० बर्षको डाटा हेर्दा मानिसको हाँसो उनीहरुको अनुहारको हाउभाउ र भावना संग सम्बन्धित रहेको हुन्छ भन्ने तथ्य पत्ता लगाएको छ।

अमेरिका यूनिवर्सिटी अफ टेनेसीका पीएचडीका बिद्यार्थी  निकोलस कोल्सका अनुसार मुस्कुराउनाले मानसिक रुपमा आनन्द र खुसि प्राप्त हुने निष्कर्ष निकालेका छन।

त्यसैले आज हामी हास्नु स्वास्थ्यका लागि कति फाइदाजनक छ त भन्ने बिषयमा केहि जानकारी दिन गइरहेका छौं।  हास्नुका  एक मात्र नभई स्वास्थ्य सम्बन्धी अनेक फाइदाहरु रहेका छन ति के के हुन् त ;

-हास्नाले मानसिक तनाव कम हुनका साथै डिप्रेशनको खतराबाट पनि मुक्ति पाउन सकिन्छ।

-यसले प्राकृतिक पेन किलरको रुपमा काम गर्दछ

-हास्नाले शरीरमा अक्सिजनको मात्रामा वृद्धि हुन्छ

-हास्नु एक शारीरिक अभ्यास पनि हो

-हास्नाले रोग प्रतिरोधात्मक क्षमतासंग लड्ने बिशेष क्षमता राख्दछ

-आकर्षक मुहारका लागि हास्नु सबैभन्दा महत्वपुर्ण ब्यायाम हो

-मुस्कुराउनाले आत्मविश्वासमा वृद्धि भएर जान्छ

-मुहारमा मुस्कुराहट कायम गर्नाले सकारात्मक सोचको विकास हुन्छ

-यदि हरेक क्षण मुस्कुराउने गर्नाले जीवनमा कदापी निराशाको भाव पैदा हुदैन

हास्नु नै बाँच्नु हो भन्ने गरिन्छ त्यसैले जस्तोसुकै परिस्थितिमा पनि हरपल मुस्कुराउने प्रयास गर्नुहोस र जीवनमा अगि बढ्ने बिशेष क्षमता प्राप्त गर्नुहोस

 

प्रकाशित : आइतबार, जेठ ०५, २०७६०८:१६

स्वाद र सन्तुष्टिका साथ साथै स्वास्थ्यका लागि समेत फाइदाजनक छ दहि , हेर्नुहोस !