भोली जेठ ६ गते सोमवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईको राशीफल !

भोलि मिति बिक्रम संवत २०७६ साल जेठ महिनाको ६ गते सोमवार तद अनुसार सन् २०१९ मे २० तारिख तपाईको दिन कस्तो रहला त ? हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

आध्यात्मिक कार्यमा मन जानेछ।  पढाई लेखाईको क्षेत्रमा लाभ हुने देखिन्छ।  भोलिको दिन बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बोल्दा विचार पुर्याउनु पर्नेछ।  अचानक धन लाभ हुने सम्भावना रहेको छ।  नया कार्यको सुरुवात गर्ने उचित समय रहेको छैन। अनावश्यक मनमुटावमा नाफस्दा नै राम्रो हुनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

पारिवारिक वातावारणमा सुख शान्तिको माहोल सिर्जना हुनेछ।  स्वादिष्ट भोजनको अनुभूति हुनेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  छोटो दुरीको यात्रा हुन सक्ने सम्भावना रहेको छ। सामाजिक एवम सार्वजनिक क्षेत्रमा मान सम्मानमा वृद्धि भएर  जानेछ। दाम्पत्य सुखको अनुभूति हुनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

अधुरा रहेका कार्यहरु निर्धारित समयमा नै पूर्ण भएर जानेछ। व्यापार व्यवसायको  क्षेत्र लाभदायी रहेको छ।  परिवारमा सुख शान्ति छाउने छ।  स्वास्थ्य अनुकुल रहेको छ।  आर्थिक लाभको सम्भावना रहेको छ। अनावश्यक झैँ झमेलामा सकेसम्म नाफस्दा नै राम्रो हुनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

मानसिक चिन्ताका साथै स्वास्थ्य सम्बन्धी समस्याको देखा पर्न सक्ला।  नया कार्यको थालनी गर्नका लागि शुभ समय रहेको छ।यात्रा या प्रवासमा कठिनाई उत्पन्न हुन सक्ने छ।  परिवारजनका साथमा अनावश्यक मनमुटाव हुन सक्नेछ सावधान रहुहोला।  इश्वर ध्यान भक्तिमा लाग्नाले केहि हदसम्म राहत पाउन सक्ने देखिन्छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

शारीरिक  तथा मानसिक अस्वस्थताको शिकार भइनेछ। माता पिताका साथमा आपसी मतभेद देखिन सक्नेछ।  स्वास्थ्यमा समस्या देखिने छ सावधान रहनुहोला।  आर्थिक कारोवारका लागि समय त्यति उपयुक्त रहेको छैन।  मनमा नकारात्मक विचारधारा पैदा हुन सक्नेछन।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिल्नेछ।  शत्रु परास्त भएर जानेछ।  भातृत्व सुखको अनुभूति मिल्नेछ।  प्रतिस्पर्धात्मक क्रियाकलापमा विजय हासिल गर्ने समय रहेको छ।  आर्थिक लाभको सम्भावना रहेको छ।  सार्वजनिक क्षेत्रमा  मान सम्मानमा वृद्धि भएर जानेछ।  दाम्पत्यजीवनमा खुसियाली छाउने छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

मानसिक द्विविधाका कारण कार्यमा खासै सफलता प्राप्त  हुने छैन।  स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनु पर्नेछ।  अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ।  बोल्दा सावधानी अपनाउनु पर्नेछ।  समग्रमा तुला राशी भएकाहरुका लागि भोलीको दिन सामान्य रहेको छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ। साथीभाई एवम इष्ट मित्रका साथमा उत्तम भोजनको अवसर मिल्नेछ। रमणीय स्थानमा घुम्न जाने सम्भावना रहेको छ।  जीवनसाथीको सम्बन्धमा आपसी अत्मियात्मा वृद्धि भएर जानेछ।  आर्थिक लाभ भएर जानेछ।  शुभ समाचार सुन्ने अवसर प्राप्त हुनेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

स्वास्थ्यमा अचानक समस्या देखा पर्न सक्नेछ सावधान रहनुहोला।  परिवारमा अनावाश्यक मनमुटाव हुन सक्नेछ।  अपेक्षा गरे अनुरुप कार्यमा खासै सफलता मिल्ने छैन। आकस्मिक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्नुपर्ने देखिन्छ। खर्चको मात्रामा वृद्धि भएर जानेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

सामाजिक , आर्थिक तथा अन्य क्षेत्रका लागि लाभदायक समय रहेको छ।  आध्यात्मिक एवम धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पत्नी तथा पुत्रको तर्फबाट लाभ मिल्नेछ।  वैवाहिक समारोहमा उपस्थिति हुने अवसर मिल्नेछ। समग्रमा मक राशी हुनेहरुका भोलीको दिन शुभ फलदायी रहेको छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

सोचे अनुरुप कार्यमा सफलता मिल्नेछ।  व्यापार व्यवसायको क्षेत्रमा अनुकुल समय रहेको छ। उच्च अधिकारीको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।  पारिवारिक जीवन सुखमय बित्नेछ।  आकस्मिक धन लाभको सम्भावना रहेको छ।  नोकरीमा पदोन्नतिको योग रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

मनमा नकारात्मक विचार हावी हुन सक्ला सावधान रहनुहोला। स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न हुन सक्नेछ।  मानसिक रुपमा अस्वस्थताको अनुभूति हुनेछ।  सन्तान सुख मिल्नेछैन।  भोलिको दिन सकेसम्म महत्वपुर्ण निर्णय नलिदा नै राम्रो हुनेछ।  व्यापार व्यवसायको क्षेत्र सामान्य रहेको छ।  समग्रमा मिन राशी हुनेहरुका लागि भोलीको दिन मिश्र फलदायी रहेको छ।

प्रकाशित : आइतबार, जेठ ०५, २०७६१४:२९

भोली जेठ ७ गते मंगलवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईको राशीफल !