लामो समयदेखि ‘बल्जिंग डिस्क’ को सामना गर्दै अनुष्का , आखिर के हो त यो, जान्नुहोस !

एजेन्सी , बलिवुडकी सफल अभिनेत्री अनुष्का शर्मा  बिगत लामो समय देखि बल्जिंग डिस्क नामक एक गम्भीर रोगको सामना गर्दै आइरहेकी छिन। यस रोगबाट ग्रसित मनिसमा कम्मर दुख्ने तथा हिड्न डुल्न गाह्रो हुने जस्ता लक्षणहरु देखिन्छन। अनुष्कालाई देखिएको यो समस्या पहिलोपटक भने होइन यस भन्दा पहिले पनि उनि यसै समस्याबाट ग्रसित भएकी थिइन्। यसका साथै उनि आफ्नो स्वास्थ्य अवासथाका कारण ३० मे देखि सुरु हुन लागेको वर्ल्डकप क्रिकेटमा पति बिराटको पर्फर्मेन्समा पनि कुनै असर नपरोस भन्ने चाहन्छिन।

अनुष्का बल्जिंग डिस्कको उपचार गराई एक फिजियोथैरिजी क्लिनिकबाट बाहिर निस्कदै गर्दा उनि सोहि क्लिनिकबाट स्पोट हुन पुगेकी  हुन् ।  बल्जिंग डिस्क कम्मर संग सम्बन्धित समस्या हो।  यो एकै स्थानमा लामो समयसम्म बस्दा लाग्ने गर्दछ। अनुष्का पनि यसै समस्याबाट केहिदिन अघि देखि ग्रसित हुदै आइरहेकी छिन।

कामको कुरा गर्नु पर्दा पछिल्लो समय अभिनेत्री अनुष्का शाहरुख खानको चलचित्र जिरोमा काम पश्चात कुनै पनि चलचित्रमा देखिएकी छैनन। एक अन्तवार्ताका क्रममा उनले राम्रो स्क्रिप्ट नपाएकै कारण आफु चलचित्रमा नदेखिएको जानकारी गराएकी छिन। यसका अलावा पछिल्लो समयमा चलचित्र बजारमा अनुष्काले चलचित्र क्षेत्रबाट सन्यास लिने खबर समेत बाहिरिएको छ।

 

 

 

प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६११:२१

यी हुन नेपाली सांगीतिक क्षेत्रका ५ पुराना पुस्ताका सदाबहार गायिकाहरु , हेर्नुहोस !