नारदमुनी आजीवन अविवाहित रहनु कारण यस्तो रहेछ , हेर्नुहोस !

हिन्दु देवी देवतामा नारद मुनिको अलग स्थान र पहिचान रहेको छ।नारायण नारायण गर्दै हिड्ने नारदमुनिलाई देवलोकको दुत एवम भगवान ब्रह्माको पुत्र  मान्ने गरिन्छ। भगवान बिष्णुका परम भक्त नारदले एक लोक देखि अर्को लोकसम्म नया सूचना प्रेषित गर्ने काम गर्दछन।

बिशेषगरि हामी रामायण तथा महाभारत दुवै पौराणिक कथामा नारदमुनिको भूमिका देख्न सक्छौं। उनि हर परिस्थितिमा पनि अचानक प्रकट भई भगवानका सामु सुचना पुर्याउने कार्य गर्दथे। तर के तपाईलाई थाहा छ नारदमुनि जीवनभर अभिवाहित हुनुको कारण के हो भनेर  यदि छैन भने आउनुहोस नारद आजीवन कुमार हुनु पछाडिको रहस्य थाहा पाईराखौं ;

ब्रह्माले दिएका थिए श्राप

ब्रह्मवैवर्त पुराणका अनुसार ब्रह्माको सृष्टि निर्माणको क्रममा उनका चार पुत्र जन्मिएका थिए र ठुलो भएपश्चात सबै तपस्यामा निस्किएका थिए।ब्रह्माको सबै छोराहरुको तुलनामा नारदमुनिको स्वभाव केहि अलग थियो उनि अति नै चन्चले  स्वभावका थिए। जब ब्रह्माले सृष्टि निर्माण गर्न सहयोग र बिवाह गर्न सल्लाह दिएका थिए , तब नारदले उनको कुरा ठाडै अस्विकार गरेका थिए। त्यसै पश्चात भगवान ब्रह्मा नारद देखि रिसले क्रोधित भई उनलाई आजीवन कुमार रहनुपर्ने श्राप दिएका थिए। त्यसै गरि उनि आफ्नो जिम्मेवारी देखि भाग्ने भएकाले यता उता डुल्नु परोस भन्ने श्राप दिएका कारणले गर्दा नारद आजीवन कुमार अर्थात् अभिवाहित रहनु परेको हो।

राजा दक्षको श्रापका कारण

पौराणिक कथाका अनुसार राजा दक्षको १० हजार छोरा थिए ति सबैलाई नारद मुनिले मोक्षको शिक्षा दिएका थिए  मोक्ष प्राप्त भई सकेपछि दक्षका सबै छोराहरु माया ममताको दुनिया देखि टाढा रहे। यस पश्चात राजा दक्षको दोस्रो पत्नी  पंचजनीले पनि एक हजार पुत्रको जन्म दिएकि थिइन्। यिनीहरुलाई पनि नारदले माया मोहको संसारबाट टाढा रहने पाठ सिकाएका थिए।  तथापी यी सबै छोराहरुले पनि माता पितालाई माया नगर्ने भए पछि राजा दक्ष क्रोधित भई नारदलाई आजीवन अविवाहित हुनु परोस र सारा जिन्दगि यता उता डुलेर नै बितोस भन्ने श्राप दिएका थिए।  जसका कारणले गर्दा नारद मुनि जीवनभर अविवाहित रहनु परेको धार्मिक मान्यता रहेको छ।

 

 

प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६१२:२६

यसकारण पनि छुने गरिन्छ ठुलाबडाको पाउ ; हेर्नुहोस यसभित्रको बैज्ञानिक कारण !