यसकारण पनि छुने गरिन्छ ठुलाबडाको पाउ ; हेर्नुहोस यसभित्रको बैज्ञानिक कारण !

हिन्दु धर्ममा शास्त्रमा विभिन्न प्रथा एवम परम्पराहरु विद्यमान रहेका छन जस्तो कि पिपलको रुखमा पानी चढाउनु , भुइमा बसेर भोजन गर्नु आदि इत्यादी यी सबै परम्परामा कुनै कुनै अवस्थामा धार्मिक एवम बैज्ञानिक कारण जोडिएको हुन्छ। यस्तैमा एक सदियौं देखि चलिआएको परम्परा हो ठुलाबडाको पाउ छुनु।

आजभोलि ठुलाबडाको पाउ छुनु केवल देखावटी जस्तै भएको छ। तर यस परम्पराभित्र पनि एक बिशेष कारण लुकेको छ। आउनुहोस वास्तवमा ठुलाबडाको अगाडी झुकेर उनीहरुको पाउ छुनाको पछाडिको धार्मिक एवम बैज्ञानिक करणको बारेमा जानिराखौं , जसले तपाइलाई यस परम्परालाई स्थायित्व  प्रेरणा पुर्याउन मदत गर्नेछ।

पुरै शरीरको आधार हो पाउ

मानिसको खुट्टालाई शरीरको आधार मान्ने गरिन्छ , किनकि हाम्रो पुरा शरीरकको भार खुट्टाले नै थामेर राखेको हुन्छ।  सामान्य हिड्दुल गर्न , उफ़्रन , उठ्न , बस्न लगायत अन्य थुप्रै कामका लागि खुट्टाको प्रयोग  गरिन्छ।

घमण्ड देखि छुटकारा पाउनका लागि

जब हामी कसैको सामु झुक्छौ त हामी आफ्नो अहंकार , घमण्ड जस्ता चिज त्यागेर नै झुक्ने गर्छौं। ठुलाबडाको पाउ छूनाले उनीहरुमा भएको ज्ञान ,बुद्धि र उनीहरुको जीवनको अनुभव लिन पाइन्छ। साथमा जीवनमा उनीहरुको आशिर्वाद पनि पाइने भएकाले ठुलाबडाको पाउ छुनु लाभदायी रहेको छ।

अर्थवेदका अनुसार

अथर्ववेदका अनुसार जब हामी कसैको पाउ छुन्छौं तब हामीमा उनीहरुका सारा ज्ञान र अनुभव हामीमा प्राप्त भएर जान्छ, भनि उल्लेख गरिएको छ।

पाउ छुने सहि तरिका ;

मान्यता अनुसार कसैको पाउ छुनका लागि उनीहरुका सामु झुक्नु आवश्यक रहेको छ। यस पश्चात आफ्नो पिठ्यु र हातलाई सिधा गरि खुट्टाको स्पर्श गर्नु पर्दछ।

यसरी गर्नुहोस पाउको स्पर्श ;

दाहिने हातले अगाडिको दाहिने खुट्टा र देब्रे हातले देब्रे खुट्टाको स्पर्श गर्नु आवश्यक छ। दाहिने हातले देब्रे खुट्टा र देब्रे हातले दाहिने खुट्टाको स्पर्श गर्नुलाई शुभ मान्ने गरिएको छ।

सकारात्मक उर्जा आदानप्रदान

खुट्टामा सदा सकारात्मक उर्जाको बहाब  हुने गर्दछ , यस्तैमा यदि कसैको पाउमा पर्दा उनीहरुको शरीरमा भएको सकारात्मक उर्जा प्राप्त भएर जान्छ।यति मात्र नभईयदि कसैले आशिर्वाद दिनका लागि शिरमा हात राखेमा पनि दुईबिच्मा सकारात्मक उर्जाको आदान प्रदान हुने गर्दछ।    ।

जोर्नीको समस्याको लागि

पाउ स्पर्श गर्ने स्थितिलाई महत्वपूर्ण योगको रुपमा समेत लिने गरिन्छ। जब हामी कसैको खुट्टा छुनका लागि झुक्ने गर्छौं तब हाम्रो घुंडाको दुखाई कम हुन जान्छ।  साथै यसले कम्मरमा पनि आर्म दिलाउने गर्दछ।

रक्तसंचार प्रणाली

आफु भन्दा ठुलाबडाका साथमा झुकेर आशिर्वाद लिनाले शरीरमा रक्तसंचार प्रणालीमा समेत फाइदा पुग्ने देखिन्छ ।

 

 

प्रकाशित : बुधबार, जेठ ०८, २०७६१०:५१

बिहिवार भुलेर पनि नगर्नुहोस यी गल्ति , नत्र हुन सक्नेछ यस्तो हानी !