११७ बर्ष अघिदेखि बल्दै आइरहेको बल्बले राख्यो नयाँ कीर्तिमानी !

हामी सबैलाई थाहा भएको कुरा हो बल्बको आविष्कार बिगत लामो समय अघिदेखि भएको हो। निर्माण समयदेखि हालसम्म बल्बमा निकै नै परिवर्तन आइसकेको छ। यसै परिवर्तनका  फलस्वरूप हाल बल्बको ठाउँमा सीएफएलको प्रयोग गर्ने प्रचलन बढ्दै गईरहेको छ। कतिपयको मान्यता अनुसार बल्बको आयु १ बर्ष भन्दा बढी नरहने रहेको छ।  तर विश्वमा एक यस्तो बल्ब रहेको छ जुन बिगत ११७ बर्षदेखि निरन्तर रुपमा बल्दै आईरहेको छ। सुन्दा अचम्म लाग्न सक्ला तर यो कुरा साचो हो। मिडिया रिपोर्टसका अनुसार यो बल्ब कैलिफोर्नियाको लिवरमोर शहरस्थित अवस्थित रहेको छ। जुन बल्बलाई सन् १९०१ मा एक दमकल केन्द्रमा जडान गरिएको थियो। यस बल्बको नाम लिवरमोर सेंटेनियल लाइट बल्ब हो।

यो बल्बलाई  ४ वाटको बिजुलीबाट २४ सै घण्टा बाल्ने गरिन्छ। दमकल केन्द्रमा कार्यरत एक व्यक्तिका अनुसार यसलाई पहिलोपटक सन् १९३७ मा तार परिवर्तन गर्नका लागि बन्द गरिएको थियो। त्यसपश्चात सन् २०१३ मा बल्ब एकाएक बन्द हुन पुगेको थियो।  मनिसहरुले बल्बको फ्युज जलेको अनुमान लागेका भएता पनि इलेक्ट्रीशियनको चेकजाँचका क्रममा बल्ब सहि सलामत रहेको बताएका थिए। बल्बमा जडित करिब ७६ बर्ष पुरानो तार फेरीएपश्चात उक्त बल्ब निरन्तर रुपमा बल्दै आइरहेको छ।

बल्बको बढ्दो लोकप्रियता संगै बिगत ३ दशकदेखि यस बल्ब हेर्नका लागि लाखौं संख्यामा मानिसहरु आउने गरेका छन। यस बल्बको जडान गरिएको स्थान हाल सानोतिनो संग्रालय जस्तै नै बनेको छ। यस बल्बले संसारको सबैभन्दा बढी समय खपत भएको बल्बको सुचिमा बिश्व रेकर्ड समेत राख्न सफल भएको छ।

 

 

प्रकाशित : बिहिबार, जेठ ०९, २०७६११:०३

गरिबीसँग हारें भन्छन् यी पिता : दुध किन्ने पैसा नभएपछि आफ्नै छोरीको हत्या…