करीनाले बनाईन तैमूरका लागि यस्तो डाइट प्लान, बाहिरको खाना खान गरियो निषेध !

बलिउड अभिनेत्री करिना कपूर खान आफ़्नो फिटनेस प्रति सधै नै सजक रहने गर्छिन उनि आफु फिट रहनका लागि खानपानमा बिशेष ध्यान दिने गर्छिन।  त्यसैले करिना आफ्ना सुपुत्र तैमुर अलि खानको स्वास्थ्यलाई मध्यनर गर्दै उनको खानपानमा पनि सजक रहेको कुरा बताउदै आइरहेकी छिन। एक अन्तर्वार्तामा करिनाले तैमुरलाई बाहिरको भन्दा घरको खान खुवाऊनामा नै बढी जोड दिने गरेको बताएकी छिन।

यसका साथै तैमुरलाई बाहिरको खाना चिप्स बाहेक अन्य कुरा खान अनुमति नदिएको उनि बताउछिन। करिनाले उनका लागि मौसम अनुसारको फल तथा सब्जी खुवाउदै आएकी छिन।  उनि भन्छिन ‘म  तैमुरको लागि डाईट प्लान नि बनाउछु र त्यसलाई हरेक महिना अर्थात् समय अनुसार परिवर्तन समेत गर्दै आइरहेको छु।  फलस्वरुप तैमुरले  पनि बाहिरको भन्दा घरको खानेकुरा खान बढी रुचाउने गरेको उनको भनाइ रहेको छ।

कामको सन्दर्भमा कुरा गर्ने हो भने करिना छिटै नै चलचित्र गुड न्युजमा पुलिस अफिसरको भूमिकामा देखिदै छिन जुन चलचित्रमा उनका अपोजिटमा भने अभिनेता अक्षय कुमार रहनेछन छन। करिना र अक्षयका साथमा चलचित्रमा कियारा आडवाणी र दिलजीत दोसांझको समेत मुख्य भूमिका रहने छ।  यसका साथै चलचित्रमा तैमुर अलि खान पनि देखिन सक्ने बताईएको भएता पनि यसको औपचारिक रुपमा जानकारी भने आएको छैन।

 

 

प्रकाशित : शुक्रबार, जेठ १०, २०७६०६:४२

आफ्नो प्रेम सम्बन्ध बारे गुपचुप छन् यी टिभी एक्ट्रेसहरु ! हेर्नुहोस्