भोलि जेठ ११ गते शनिवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको राशिफल !

भोली मिति बिक्रम संवत २०७६ साल जेठ महिनाको ११ गते शनिवार तद अनुसार सन् २०१९ मे २५ तारिक तपाईको दिन कस्तो रहला त ? हेर्नुहोस तपाईको भोलिको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

व्यापार व्यवसायको क्षेत्रमा उच्च अधिकारीको प्रसस्त साथ र सहयोग मिल्नेछ।  सरकारी क्षेत्रमा लाभ हुने सम्भावना रहेको छ। कार्यको सन्दर्भमा विदेश यात्राको योग रहेको छ। परिवारमा सुख शान्ति छाउने छ।  अत्यधिक कार्यभारका कारण शारीरिक थकानको अनुभूति हुनेछ। माताको स्वास्थ्यमा सुधार भएर जानेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

परिश्रम गरे अनुरुपको प्रतिफल प्राप्त हुनेछ।  व्यापार व्यवसायको धन खर्च गरेर नया योजनाको थालनी गर्न सकिनेछ। विदेशयात्रा शुभ रहेको छ।  कार्यभार बढ्ने सम्भावना रहेको छ।  स्वास्थ्यमा सावधानी अपनाउनु पर्नेछ।  धार्मिक यात्रा हुने सम्भावना रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

मनमा चिन्ताको मात्रा बढ्न सक्ने सम्भावना रहेको छ।  स्वास्थ्यमा समस्या देखिन सक्ला।  अनावश्यक मनमुटावमा नाफस्दा नै राम्रो हुनेछ।  सार्वजनिक क्षेत्रमा मानहानी हुन सक्ने सम्भावना रहेको छ।  इश्वरभक्तिमा मन लगाऊनाले बिशेष लाभ हुने देखिन्छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

व्यापार व्यवसायको क्षेत्रमा लाभ हुने सम्भावना रहेको छ।  परिवारका साथमा दिन सुखमय बित्ने छ।  स्वादिष्ट भोजनको अनुभूति हुनेछ।  दाम्पत्यजीवन सुखमय रहने छ।  प्रेम सम्बन्धमा सुधार भएर जानेछ।  समग्रमा कर्कट राशी हुनेहरुका लागि भोलिको दिन शुभ फलदायी रहनेछ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

मानसिक द्विविधाका कारण दैनिक कार्यमा ढिलासुस्ती आउन सक्ला।  परिश्रम गरे अनुरुपको फल प्राप्त नहुनाले केहि निराशाको स्थिति सिर्जना हुन सक्नेछ।  सहकर्मीको सोचेअनुसार सहयोग मिल्ने छैन।  शत्रुले नकारात्मक समयको फाइदा उठाउन सक्लान सचेत रहनु होला।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

शारीरिक एवम मानसिक अस्वस्थताको शिकार भइने छ।  पेट सम्बन्धि समस्याले सताउने छ।  बिद्यार्थीवर्गका लागि पढाई लेखाईको क्षेत्रमा खासै सफलता मिल्ने छैन।  प्रियजनसंगको भेटघाटले मन प्रफुल्लित रहनेछ।  बौद्धिक चर्चामा सफलता मिल्ने छैन।  शेयर सट्टाको कारोवारमा सकेसम्म हात अगाडी नबढाउदा नै राम्रो हुने छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

सावधानी पुर्वक अगाडी बढ्न सकेको खण्डमा भोलिको दिन बिशेष रहनेछ।  मानसिक रुपमा स्फूर्तिका अनुभूति हुनेछ।   समयमा भोजन नमिल्नाले तथा पुरा निन्द्रा लिन नपाउनाले स्वस्थ्यमा समस्या देखिन सक्नेछ।  परिवार तथा इष्टमित्रका साथमा समय  सुखमय बित्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

आर्थिक लाभ हुनका सतासी भाग्योदयको सम्भावना रहेको छ।  परिवारका साथमा आनन्दमय दिन बित्नेछ।  नया कार्यको थालनी गर्नका लागि समय अनुकुल रहेको छ।  छोटो दुरीको यात्रा हुन सक्ने सम्भावना रहेको छ।  परिस्पर्धमा बिजय हासिल गर्ने समय रहेको छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

परिवारमा हुन सक्ने अनावश्यक मनमुटावबाट बच्नु पर्ने देखिन्छ।  मानसिक द्विविधाका कारण महत्वपुर्ण निर्णय लिन नसकिएला।  अपेक्षा गरे अनुरुप कार्यमा सफलता नमिल्नाले केहि निराश हुनु पर्नेछ।  विदेशस्थित आफन्तजनका मार्फतबाट शुभ खबर सुन्न पाइने छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

घरमा धार्मिक एवम मांगलिक कार्य हुने सम्भावना रहेको छ।  प्रियजनका तर्फबाट उपहार मिल्न सक्नेछ।  कार्य सरलतापुर्वक सम्पन्न भएर जानेछ।  नोकरी व्यवसायमा लाभ भएर जानेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  आकस्मिक हुन सक्ने दुर्घटनाबाट सकेसम्म बच्नु पर्ने छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

आर्थिक कारोवारको क्षेत्रमा खासै सफलता मिल्ने छैन।  एकाग्रताको कमि भएर मानसिक अस्वस्थतामा वृद्धि भएर जानेछ।  स्वास्थ्यमा बिशेष सावधानी अपनाउनु पर्नेछ।  परिवारका साथमा मनमुटावको स्थिति सिर्जना हुन सक्नेछ।  शत्रु परास्त भएर जानेछ।  समग्रमा कुम्भ राशी हुनेहरुका लागि भोलिको दिन मध्यम फलदायी रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

सामाजिक सभा समरोहमा सहभागी हुने अवसर मिल्नेछ।  सार्वजनिक क्षेत्रमा मान सम्मानमा वृद्धि भएर जानेछ।  ठुलाबडाको साथ मिल्नेछ।  नोकरी व्यवसायमा आयमा वृद्धि हुने योग रहेको छ।  सन्तान सुख मिल्नेछ।  धार्मिक एवम आध्यात्मिक कार्यमा मन जानेछ।  यात्राको सम्भावाना रहेको छ।  समग्रमा मिन राशिका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

प्रकाशित : शुक्रबार, जेठ १०, २०७६१४:२१

भोलि जेठ १३ गते सोमवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको राशिफल !