यी हुन् ब्रेन ट्युमर हुँदा देखिने सामान्य लक्षणहरु , जानिराखौं !

ब्रेन हाम्रो शरीरको सबैभन्दा अभिन्न अंग हो। ब्रेनमा बिभिन्न कारणले  समस्या देखा पर्न सक्छ त्यसैले यसको सम्बन्धमा बिशेष सजक र सावधानी अपनाउनु आवश्यक हुन्छ । आज हामी ब्रेनमा देखिने प्राणघातक रोग ब्रेन ट्युमरको बारेमा केहि कुरा गर्न जादैछौं। यो जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्नसक्ने खतरनाक रोग हो । ब्रेन बिभिन्न कोषले बनेको हुन्छ कहिलेकाही यसको नियन्त्रण बिग्री सहि तरिकाले काम गर्न छोड्नु नै ब्रेन ट्युमर हो। जसको बेलैमा हेरचाह नगर्नाले क्यान्सर समेत हुन सक्ने सम्भावना हुन सक्ने भएकाले बिशेष सावधानी अपनाउनु आवश्यक हुन्छ।

लक्षणहरु

टाउको दुख्नु

ब्रेन ट्युमरको सुरुवाती चरणमा हल्का टाउको दुख्ने तथा लगातार टाउको दुख्ने हुन्छ। यस पश्चात टाउको दुख्ने क्रम बढ्दै गयो भने तुरुन्तै डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ।

वान्ता हुने

अत्यधिक मात्रामा टाउको दुख्ने तथा वान्ता आउनु ब्रेन ट्युमरको सुरुवाती लक्षण हो।

श्रब्य दृश्य क्षमतामा समस्या

ब्रेनमा ट्युमर हुनुमा दृश्य क्षमतामा कमि आउन सक्छ।  यसका साथै ,सुन्ने , बोल्ने क्रियामा समस्या आउनु पनि ट्युमर भएको लक्षण हो।

स्मरण क्षमतामा कमजोरी

ब्रेन ट्युमर भए पश्चात दिमागले सोच्ने र सम्झने क्षमतमा नकारात्मक असर पर्न जान्छ। स्मरण क्षमतामा कमि आउनाले भनेको कुरा छिट्टै बिर्सने समेत हुन्छ।

कमजोरीको अनुभूति 

शारीरिक क्षमतामा कमि आउनु तथा कमजोरी महसुश गर्नु पनि ब्रेन ट्युमरको कारण हो।

ब्रेन ट्युमरका प्रकारहरु

१. प्राइमरी ब्रेन ट्युमर -यो ब्रेन ट्युमर हुनुको सुरुवाती चरण हो।  जुन ट्युमर हुन सुरु गरेको स्थानबाट फैलिने गइ ठुलो रुप लिन सक्छ।

२. सेकेण्डरी ब्रेन ट्युमर – सुरुवातमा यो एक निश्चित स्थानमा हुने भए पनि पछि फेफड ,ब्रेस्ट , किड्नी , स्किन आदिमा फैलिन थाल्छ।

 

प्रकाशित : आइतबार, जेठ १२, २०७६०६:५३

यस्ता समस्या भएकाहरुका लागि तरबुजाको सेवन हुन सक्छ हानिकारक , जानिराखौं !