यस्ता समस्या भएकाहरुका लागि तरबुजाको सेवन हुन सक्छ हानिकारक , जानिराखौं !

शरीरका लागि आवश्यक फाइबरको मात्रा पर्याप्त पाइने भएकाले तरबुजा स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।  गर्मीको समयमा तर्बुजाको सेवन गर्नाले शरीरमा पानीको मात्रामा कमि हुन पाउदैन।  तर पानी र फाइबरको मात्रा प्रसस्त हुनाले यसको सेवनले स्वास्थ्यमा केहि नकारात्मक असर समेत पुर्याउछ।  पेट तथा मृगौलासम्बन्धी समस्या भएकाहरुका लागि फाइबर र पानीजन्य फलको सेवन हानीकारक रहेको छ। आउनुहोस कस्ता समस्या भएकाहरुका लागि तरबुजाको सेवन हानिकारक छ त जानिराखौं ;

मधुमेह 

तरबुजामा १०० मा करिब ७० प्रतिशत चिनीको मात्रा रहेको हुन्छ। जुन शरीरमा छिटै रगतमा घुलनशील हुन्छ।  त्यसैले गर्दा सुगरका समस्या भएकाहरुका लागि तरबुजाको सेवन हानिकारक छ। तथापी शरीरमा रगतको मात्र कम हुनेहरुका लागि  तरबुजाको सेवन फाइदाजनक रहेको छ।

मृगौला रोगी 

विशेषज्ञका अनुसार मृगौला सम्बन्धि समस्या भएकाहरुका लागि तरबुजाको सेवन हानिकारक छ। ७० प्रतिशत पानीले  भरिएको तरबुजाको सेवन गर्नाले किड्नी फेल हुन सक्ने खतरा रहन्छ।

दम 

दमको समस्या भएकाहरुका लागि तरबुजाको सेवन सकेसम्म नगर्दा नै राम्रो हुनेछ। यसमा पाइने एमिनो एसिड दमका पीडितका लागि खतराजनक साबित हुने गर्दछ।

तरबुजा खाने सहि समय 

तरबुजा बिरामी व्यक्तिहरुका लागि त्यति आवश्यक छैन।  यसको  सहि समयमा सेवन नगर्नाले शरीरमा विभिन्न समस्याहरु उत्पन्न हुन सक्छन। तरबुजाको सेवन सकेसम्म बिहानको समयमा खानु लाभदायक रहेको छ। विशेषज्ञका अनुसार तरबुजा खाने  उपयुक्त समय बिहान ११- १२ बजेसम्मको समयलाई मान्ने गरिन्छ।

 

 

प्रकाशित : आइतबार, जेठ १२, २०७६०९:०१

रुबी धारण गर्नुका स्वास्थ्य सम्बन्धी फाइदाहरु यस्ता छन, हेर्नुहोस !