भोली मिति बिक्रम संवत २०७६ साल जेठ महिनाको १३ गते सोमवार तद अनुसार सन् २०१९ मे २६ तारिख अर्थात् कृष्णपक्षको अष्टमी तिथि तपाईको दिन कस्तो रहला त ? हेर्नुहोस तपाईको भोलिको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सामाजिक सभा समारोहमा उपस्थिति हुने अवसर मिल्नेछ। साथीभाई एवम परिवारका साथमा दिन सुखमय बित्ने देखिन्छ। रमणीय स्थलमा यात्रा हुन सक्ने सम्भावना रहेको छ। सरकारी एवम अर्धसरकारी क्षेत्रमा लाभ मिल्नेछ। आम्दानीका नया स्रोतहरु खुलेर जानेछ। अचानक धनलाभ भएर जाने सभावना रहेको छ। दाम्पत्य सुखानुभूति हुनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
नया कार्यको शुभारम्भ गर्नका लागि समय अनुकुल रहेको छ। व्यापार व्यवसायमा लाभ हुने देखिन्छ। नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ। सरकारी क्षेत्रमा लाभ मिल्नेछ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। रोकिएका कार्यहरु पूर्ण भएर जानेछ । गृहस्थजीवनमा सुमधुरता छाउने छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
कार्यमा ढिलासुस्ती उत्पन्न भएर जानेछ। शारीरिक स्फूर्ति र मानसिक उत्साहमा कमि भएर जानेछ। नोकरीमा उच्च अधिकारीको नकारात्मक व्यवहार भोग्नु पर्ला। सन्तान सुख मिल्ने छैन। प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी नहुदा नै राम्रो हुनेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
मनमा नकारात्मक भाव पैदा हुनाले कार्यमा खासै सफलता मिल्ने छैन। असन्तुलित खानपानका कारण स्वास्थ्य खराब उने सम्भावना रहेको छ। परिवारमा अनावश्यक मतभेदको अवस्था सिर्जना हुन सक्ला संयम रहनुहोस। आर्थिक संकटको सामना गर्नुपर्ला। इश्वरभक्ति एवम आध्यात्ममा मन लगाउनाले बिशेष लाभ हुने देखिन्छ।
सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)
पति पत्नीको सम्बन्धमा अविश्वास छाउने छ। सार्वजनिक स्थानमा मान हानिको सम्भावना रहेको सावधान रहनुहोला। स्वास्थ्य अनुकुल रहेको छ। अनावश्यक मनमुटावमा नाफस्दा नै राम्रो हुनेछ। समग्रमा सिंह राशी हुनेहरुका लागि भोलिको दिन सामान्य रहेको छ।
कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)
शारीरिक एवम मानसिक स्वास्थ्य अनकुल रहेको छ। घरमा सुख शान्तिको माहोल छाउने छ। आर्थिक लाभ हुनका साथै कार्यमा सफलता मिल्नेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार भएर जानेछ। नोकरीमा लाभ मिल्नेछ। कार्यमा उच्च अधिकारीको प्रसस्त साथ र सहयोग मिल्नेछ।
तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)
सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। सन्तान सुख मिल्नेछ। प्रियजनसंगको भेटघाटले मनमा उत्साह बढेर जानेछ। बौद्धिक क्रियाकलापमा सहभागी भई विजय हासिल गर्ने समय रहेको छ। स्वास्थ्यले साथ दिनेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)
शारीरिक एवम मानसिक अस्वस्थताको अनुभूति हुनेछ। मानसिक चिन्ताले सताउने छ। परिवारका सदस्यका साथमा मनमुटावको स्थिति सिर्जना भएर जानेछ। माताको स्वास्थ्यमा परिवर्तन आउनेछ। आर्थिक कारोवारको क्षेत्रमा सावधानी अपनाउनु पर्ने देखिन्छ।
धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)
धार्मिक एवम आध्यात्मिक क्षेत्रमा आकर्षण बढ्नेछ। नया कार्यको थालनी गर्नका लागि समय अनुकुल रहेको छ। परिवार एवम इष्टमित्रका साथमा समय आनन्ददायी रहनेछ। आकस्मिक धनलाभ हुने सम्भावना रहेको छ। सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।
मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)
बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी एवम व्यवहारमा संयमित रहनुपर्ने छ। आर्थिक कारोवारका लागि समय उपयुक्त रहेको छ। आकस्मिक धनलाभ भएर जानेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला। बिद्यार्थीवर्गका लागि पढाई लेखाईको क्षेत्र अनुकुल रहेको छ।
कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)
शारीरिक एवम मानसिक रुपमा स्वस्थताको अनुभूति हुनेछ। परिवार एवम इष्टमित्रका साथमा दिन सुखमय व्यतीत् हुनेछ। स्वादिष्ट भोजनको अनुभूति मिल्नेछ। लामो तथा छोटो दुरीको यात्रा हुन सक्ने सम्भावना रहेको छ। आर्थिक दृष्टिले भोलिको दिन लाभदायी रहेको छ। अध्यात्ममा रुचि बढ्नेछ।
मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)
आर्थिक आयोजनाका लागि समय अनुकुल रहेको छ। एकाग्रतामा कमि आउनाका साथै मनमा उत्साहमा कमि भएर जानेछ। धार्मिक कार्यको पछाडी धन खर्च भएर जानेछ। परिवार एवम साथी भाईका साथमा झैँ झगडाको स्थिति सिर्जना हुन सक्ला। स्वास्थ्य सामान्य रहेको छ। समग्रमा मिन राशी हुनेहरुका लागि भोलिको दिन मिस्रित फलदायी रहेको छ।