महिलाले कपाल खुल्ला छोड्न नहुनुलाई के भन्छ त शास्त्र , जानिराखौं !

धार्मिक शास्त्रमा मानवसंग सम्बन्धित हरेक कुराको बारेमा जानकारी दिइएको पाइन्छ। कपाल देखि लिएर आँखा सम्म र औला देखि लिएर कोठी सम्मको बिषयलाई आधार बनाएर शास्त्रमा उल्लेख गरिएको पाइन्छ।  यस्तैमा आज हामी महिलाले कपाल खुल्ला छोड्नुलाई धर्मशास्त्रले के भन्छ त भन्ने बिषयमा कुरा गर्न जादैछौं। शास्त्रले महिलालाई सदैव आफ्नो कपाल बाँधेरराख्नु पर्ने सल्लाह दिने गर्छ। आउनुहोस महिलाले आफ्नो कपाल खुल्ला छोड्न नहुने पछाडिको रहस्यबारे केहि कुरा जान्ने कोसिस गरौ ;

– शास्त्रको मान्यता अनुसार महिलाहरुले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कपाल बाँधेर राख्नु आवश्यक छ।  शास्त्रका अनुसार कपाल खुल्ला छोड्नु भनेको कसैको शोकमा परेर शोक मनाउनु भन्ने हुन्छ। शोक पर्दा मात्र कपाल खुल्ला राख्नु पर्ने शास्त्रको धारणा रहेकाले महिलाले सकेसम्म आफ्नो कपाललाई बाँधेर नै राख्नु पर्दछ।

-भगवान रामसंग माता सीताको बिवाह भएको समयमा रामकी माताले सीतालाई कपाल बधिदिदै कपाललाई कहिल्यै पनि खुल्ला नछोड्न सल्लाह दिएकी थिइन्। किनकि  बाँधिएको कपालले हर परिस्थितिमा हरेक सम्बन्धलाई मजबुत बनाउने उनको मान्यता रहेको थियो।

-शास्त्रका अनुसार यदि महिलाले कपाल खुल्ला छोडेमा घरमा नकारात्मक उर्जा प्रवेश गर्ने र घरायसी वातावरणमा अनावश्यक मनमुटावको स्थिति सिर्जना हुन सक्ने बताईएको छ।

-यति मात्र नभई विभिन्न धर्मशास्त्रले दिनमा मात्र नभई रातको समयमा पनि कपाल बाँधेर सुत्नुपर्ने बताउछ। यदि महिलाले रातको समयमा कपाल खुल्ला छोडेर सुतेक्को अवस्थामा शरीरमा  नकारात्मक  उर्जा प्रवेश गर्ने शास्त्रमा उल्लेख गरिएको छ।

 

प्रकाशित : सोमबार, जेठ १३, २०७६१२:३१

आज मध्यान्न पछि यी राशि हुनेहरुको भाग्यचक्रमा उथलपुथल हुँदै ! कसलाई शुभ कसलाई अशुभ ?