भोलि जेठ १४ गते मंगलवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल जेठ महिनाको १४ गते मंगलवार तद अनुसार सन् २०१९ मे २८ तारिक तपाईको दिन कस्तो रहला त ? हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

दाम्पत्यजीवन सुखमय बित्नेछ।  व्यापार व्यवसायमा लाभ मिल्नेछ।  यात्राको सम्भावना रहेको छ।  सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  स्वादिष्ट भोजनको अनुभूति मिल्नेछ।  अनावश्यक कार्यमा धन खर्च भएर जानेछ।  स्वास्थ्य सामान्य रहेको छ।  समग्रमा मेष राशी भएकाहरुका लागि भोलिको दिन मध्यम फलदायी रहेको छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

मनमा हल्कापनको अनुभूति हुनेछ। स्वास्थ्य अनुकुल रहेको छ।  पारिवारिक जीवनमा सुख शान्तिको अनुभव हुनेछ।  व्यापार व्यवसायको क्षेत्रमा लाभ हुनेछ।  नया कार्यको थालनी गर्नका लागि समय अनुकुल रहेको छ। सामाजिक क्षेत्रमा यश किर्तीमा वृद्धि भएर जानेछ ।  समग्रमा  तपाईका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

स्वास्थ्यमा उतार चडाव देखिन सक्नेछ।  व्यापार व्यवसायको क्षेत्रमा सामान्य रहेको छ।  आयको तुलनामा खर्चमा वृद्धि भएर जानेछ।  मध्यन्न्ह पश्चात भने कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायको क्षेत्र अनुकुल रहेको छ।  नोकरीमा पदोन्नतिको योग रहेको छ।  अचानक धन लाभ भएर जानेछ।  समग्रमा तपाईका लागि भोलिको दिन मिश्र फलदायी रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

धार्मिक एवम आध्यात्मिक कार्यमा रुचि बढ्नेछ।  मनमा नकारात्मक विचारधारा आउनबाट सकेसम्म बच्नु पर्ने देखिन्छ।  मध्यान्ह पश्चातको समयमा भने शारीरिक एवम मानसिक स्वस्थताको अनुभूति हुनेछ।  मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ।  विदेशस्थित आफन्तजनको तर्फबाट शुभ समाचार सुन्न पाइने छ।  व्यवसायमा उच्च पदाधिकारीको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

परिवार एवम साथीभाईका साथमा आनन्दपूर्वक समय व्यतित हुनेछ।  यात्राको सम्भावना रहेको छ।  मनमा तनावको बढ्नेछ।  स्वास्थ्य सामान्य रहेको छ।  बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा संयमित रहनुपर्ने छ।  आर्थिक संकटको सामना गर्नु पर्ला।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

अपेक्षा गरे अनुरुप प्रत्येक कार्यमा सफलता मिल्नेछ।  पारिवारिक वातारण अनुकुल रहेको छ।  शारीरिक एवम मानसिक रुपमा स्वस्थताको अनुभूति हुनेछ।  सामाजिक क्षेत्रमा मान सम्मानमा वृद्धि भएर जानेछ।  मनोरन्जनात्मक प्रवृतिमा मन जानेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।  समग्रमा कन्या राशी हुनेहरुका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

साहित्य लेखनको क्षेत्रमा रुचि बढ्नेछ।  प्रतिष्पर्धामा विजय हासिल गर्ने समय रहेको छ।  अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिल्नेछ।  यश किर्तीमा वृद्धि भएर जानेछ।  व्यापार व्यवसायको क्षेत्रका समय अनुकुल रहेको छ।  पारिवारिक वातावरणमा सुमधुरता छाउने छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

मानसिक व्यग्रता बढेर जानेछ।  आर्थिक क्षेत्रमा लाभ मिल्नेछ।  मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ।  नया कार्यको थालनी गर्नका लागि समय त्यति उपयुक्त रहेको छैन।  बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ।  पेटसम्बन्धी समस्याको शिकार भईइला सावधान रहनुपर्ने छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

मनमा उत्साहको मात्रामा वृद्धि भएर जानेछ । परिवारमा मांगलिक कार्यको आयोजना हुन सक्ला। प्रतिष्पर्धाका बिचमा पनि सफलता हासिल गर्ने समय रहेको छ।  बिद्यार्थीवर्गका लागि अध्ययन अध्यापनको क्षेत्र फलदायी रहेको छ।  साथीभाईका साथमा घुम्न जाने अवसर मिल्नेछ। समग्रमा मकर राशी हुनेहरुका लागि भोलिको दिन मध्यम रहेको छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

धार्मिक एवम आध्यात्मिक कार्यका पछाडी धन खर्च भएर जानेछ।  परिवारमा अनावश्यक मनमुटावको स्थिति सिर्जना भएर जानेछ । अचानक मित्रभेटको सम्भावना रहेको छ।  भाग्योदय भएर जानेछ।  भाईबन्धुको प्रसस्त साथ सहयोग मिल्नेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

मनमा उत्साहको मात्रामा वृद्धि भएर जानेछ।  गहन चिन्तन एवम आध्यात्मिक क्षेत्र्मा झुकाव बढ्नेछ।  बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणीमा संयमितता अपनाउनुपर्ने देखिन्छ।  महत्वपुर्ण निर्णय लिन नसक्दा कार्यमा खासै उन्नति प्रगति हुने देखिदैन।  बिद्यार्थीवर्गका लागि पढाई लेखाईमा खासै सफलता मिल्ने छैन।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

आर्थिक कारोवारको क्षेत्रमा खासै हात अगाडी नबढाउदा नै राम्रो हुनेछ।  अनावश्यक बादविवादमा नफस्नु नै फलदायी हुनेछ।  अनावश्यक क्षेत्रमा खर्चको मात्रामा वृद्धि भएर जानेछ।  मध्यान्ह पश्चातको समयमा भने स्वास्थ्यमा सुधार भएर जानेछ।   मनमा उत्साह बढेर जानेछ।  पारिवारिक सुखानुभूति हुनेछ।  धार्मिक एवम आध्यात्मिक कार्यमा मन जानेछ।

प्रकाशित : सोमबार, जेठ १३, २०७६१३:२७

भोलि जेठ १५ गते बुधबार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईको राशिफल !