भोलि जेठ १५ गते बुधबार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

भोलि तपाईमा भौतिक र मानसिक विकार बढेर जाने देखिन्छ भने भोलि तपाईलाई शारीरिक समस्या समेत रहन सक्ला। भोलि तपाईले निर्णय गर्दा हतार गर्नु भएमा ठुलो घाटा व्यहोर्नु पर्ने देखिन्छ। भोलि अदालतको मामलामा सावधान रहनु पर्ला भने भोलि तपाईले आफ्नो सामाजिक छविमा समेत ध्यान दिनु पर्ने देखिन्छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

भोलि को दिनमा तपाईको नयाँ आर्थिक योजना बन्ने देखिन्छ भने भोलि तपाईलाई नयाँ व्यवसाय शुरु गर्नको आर्थिक सहयोग मिल्ने देखिन्छ। आय वृद्धि योग रहेको भोलि को दिनमा तपाईलाई अचल सम्पत्ति सम्बन्धि कार्यमा सफलता प्राप्त हुने देखिन्छ। गृह सजावटको कार्य समेत हुने देखिन्छ। भोलि तपाईलाई स्वास्थ्यले पनि साथ दिने देखिन्छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

भोलि तपाईमा तन-मनबाटनै स्फूर्ति बढेर जाने देखिन्छ भने भोलि तपाईले सोच्नु भए अनुरुपनै सफलता प्राप्त हुने देखिन्छ। भोलि तपाईलाई विदेशबाट शुसमाचार समेत मिल्ने देखिन्छ। अज तपाईको पहिला नउठेको धन समेत उठ्न सक्ला। भोलि सामाजिक कार्यमा सफलता मिल्ने देखिन्छ। धर्ममा अस्थ बढेर जाने देखिन्छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

भोलि तपाईको रचनाको क्षत्रमा रुची बढेर जाने देखिन्छ भने भोलि तपाईलाई साहित्यको क्षत्रमा सुधार हुने दिन परेको छ। शेयर-सट्टामा लाभ मिल्ने भोलि को दिनमा तपाईको अरुको विश्वास जित्न सफल रहनु हुने दिन परेको छ। भोलि तपाई विपरित लिंगी प्रति अत्यधिक आकर्सित रहनु हुने देखिन्छ भने भोलि तपाईलाई प्रेम जीवनमा सफलता मिल्न सक्ला

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

भोलि तपाई अचल सम्पत्ति किन्दा संयम रहनु पर्ने देखिन्छ भने भोलि धातु सम्बन्धि कारोबारमा समेत ध्यान दिनु होला। भोलि तपाईको राजनैतिक जीवन पनि खासै उपलब्धिमुलक नहुने देखिन्छ। चिसो र खाँटीको कारणले गर्दा तपाईंको स्वास्थ्य प्रभावित हुनेछ। मानसिक चिन्ता अनुभव हुनेछ। अचानक धन खर्च हुने देखिन्छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

भोलि को दिन तपाईको धेरै आरामदायक रहन सक्ला। साथै भोलि तपाईको निर्धारित कार्य समयमानै सम्पन्न हुन सक्ला। भोलि तपाईको परिवारमा महत्त्वपूर्ण विषयहरू छलफल हुने देखिन्छ भने भोलि नयाँ कार्य थालनीको लागि पनि धेरै सहयोग मिल्न सक्ला। भोलि जागिर गर्नुहुनेहरुको लागि पनि पदोन्नती मिल्न सक्ला।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

भोलि को दिन तपाईको मनोरन्जन केन्द्रित रहने देखिन्छ भने भोलि तपाईको खर्च पनि अत्याधिक रहने देखिन्छ। भोलि स्वस्थ्यले अपनी साथ नदिने हुँदा धेरै संयमता अपनाउनु पर्ने देखिन्छ। परिस्थितिवश बन्न लागेको कार्य समेत बिग्रन सक्ला। यदि टाढाको यात्रा गर्दै हुनुहुन्छ भने पनि संयम रहनु होला। सवारी देखि पनि सावधान रहनु पर्ने देखिन्छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

भोलि तपाईको शारीरिक स्वास्थ्य खासै राम्रो नहुने देखिन्छ भने भोलि तपाईको कार्य सफल नहुनाले मानसिक चिन्ता पनि बढ्न सक्ला। शरीरमा ऊर्जाको कमि हुने देखिन्छ। भोलि आर्थिक लेन-देनको समयमा पनि संयमता अपनाउनु होला। कानुनी कार्य देखि पनि तपाईले संयमता अपनाउनु पर्ने देखिन्छ। टाढाको यात्रा नगर्नु होला।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

भोलि तपाई विशेषतः धार्मिक कार्य, पूजा-पाठ आदिमा व्यस्त रहनु हुने देखिन्छ। भोलि तपाईको धार्मिक यात्रा समेत सफल हुन सक्ला। समय परिवार संग सुखद रहनेछ। भोलि तपाईको स्वास्थ्य राम्रो हुनेछ। साथै भोलि तपाईलाई अचानक धन लाभ समेत मिल्न सक्ला। भाग्यले हरेक क्षेत्रमा भोलि तपाईलाई साथ दिने देखिन्छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

भोलि तपाईलाई कानुनी कार्यमा सफलता मिल्नुका साथै भोलि तपाईको कलाको क्षेत्रम उल्लेख्य सफलता बढेर जाने देखिन्छ। साथै भोलि तपाई नयाँ सिप सिक्नको लागि पनि समय निकाल्न सक्षम रहनु हुने देखिन्छ। भोलि धार्मिक काम र यात्राको योग छ। परिवारका सदस्यहरू र मित्रहरूसँग भोजनको अवसर जुर्न सक्ला।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

भोलि को दिन तपाईको मध्यम फलदायी रहने देखिन्छ। भोलि निश्चित कार्यहरूमा ध्यान दिनु होला। भोलि को दिन धार्मिक कार्यमा व्यतित हुने देखिन्छ भने धार्मिक यात्रा व्यवस्थित हुने देखिन्छ। तर भोलि तपाईले आफ्नो क्रोधमा भने नियन्त्रण राख्नु पर्ने देखिन्छ। मानसिक अशांति झेल्नु पर्न सक्ला।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

भोलि स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहने देखिन्छ। रुचिको विषयमा सफलता मिलन सक्ला भने भोलि तपाईको उपहार समेत मिल्ने योग देखिन्छ। भोलि नयाँ कार्य शुरु गर्न परिवारबाट सहयोग मिल्न सक्ला। भोलि तपाई पराक्रमद्वारा अधिकार स्थापित गर्न सक्षम रहनु हुने देखिन्छ।

प्रकाशित : मङ्गलबार, जेठ १४, २०७६१४:३९

भोलि जेठ १६ गते बिहिबार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईको राशिफल !