विभिन्न कारणवश आफ्नो दुवै हात गुमाउन पुगेकी अमेरिका स्थित अरिजोनाकी ३४ बर्षिया जेशिका कक्स नाम गरेकी महिलाले पहिलोपटक खुट्टाले बिमान चलाएर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएकी छिन। सानै उमेरमा आफ्नो दुवै हात गुमाएकी जेशिकाले सबै काम खुट्टाको सहायताले गर्दै आइरहेकी छिन। जेशिकाले दिईएको यो लाइसेन्स (वोर्ल्ड फर्स्ट लाईसेन्स आर्मलेस पाइलट ) अर्थात् विश्वको सबैभन्दा पहिला हात नभएको पाइलट लाइसेन्स हो। प्लेन चलाउन घोडाको सवारी गर्न आफुलाई सानै देखि बहुतै मन पर्ने समेत जेशिकाले बताईन।
जेसिकाले दैनिक कार्यहरु जस्तै खाना खाने , चस्मा लगाउने ,कम्प्युटर चलाउने लगायत अन्य थुप्रै काम आफ्नो खुट्टाले गर्ने गरेकी छिन। उनको टाइपिंग स्पीड २५ शब्द प्रति मिनेट रहेको छ। उनको जन्म सन् १९८३ मा भएको हो। बच्चा बेलादेखि नै दुवै हात नभएकी उनले १४ बर्षको उमेर देखि नै कृतिम हात हटाई सबै काम खुट्टाको सहायताले नै गर्दै आईरहेकी छिन।