विश्वकर्मा मन्दिर नजिक स्कुटी ट्रकसँग ठोक्किँदा नर्सको मृत्यु !

कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक गए राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ ।

धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो ।

उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेकी राईले चलाएको को२६प ५८१ नं को स्कुटी ना५ख ४२४५ नं को ट्रकसँग ठोक्किएको हो ।

प्रकाशित : मङ्गलबार, जेठ २१, २०७६०४:५३

विप्लब समूहका कास्की सेक्रेटरी सहित १८ नेता कार्यकर्ता पक्राउ