शुक्र ग्रहलाई प्रेम, सुन्दरता, आकर्षण, दाम्पत्य सुख र यौन सुखको कारण ग्रह मानिन्छ। कुण्डलीमा शुक्र ग्रहको सकारात्मक प्रभाव हुँदा प्रेम सम्बन्ध र भौतिक सुखमा शुभ असर पर्छ भने सकारात्मक प्रभाव भएको खण्डमा ठीक यसको विपरित हुन्छ।
जेठ २१ गरे मंगलबारको दिन बिहान ११ बजेर ४९ मिनेटबाट शुक्र राशि वृष राशिमा प्रवेश गर्दैछ। शुक्र आउने आषाढ १४ गते सम्म यहि राशिमा रहनेछ।
शुक्रको राशि परिवर्तनले कुन राशिलाई कस्तो असर पर्ला।
मेष राशी :
शुक्र ग्रहको राशी परिवर्तनले मेष राशी हुनेहरुको लागि धन लाभ दिलाउन सक्ला। पराक्रममा वृद्धि समेत हुन सक्ला। तपाईको साहस र बल पनि बढ्न सक्ला। प्रतिष्ठा बढ्न सक्ने प्रवल सम्भावना बढ्न सक्ला। प्रेम सम्बन्धको मामलामा पनि सुख मिल्ने देखिन्छ। सवारीसुख पनि प्राप्त हुन सक्ला।
वृष राशी :
शुक्रको राशि परिवर्तनले यस राशि हुनेहरुको स्वास्थ्यमा सुधार आउने देखिन्छ। प्रेम सम्बन्ध प्रगाड हुन सक्ला भने परिवारमा पनि सम्बन्ध राम्रै रहनेछ। भौतिक सुख-सुविधाको कुनै कमि रहनेछैन। यात्राको समेत अवसर जुट्ने देखिन्छ। आर्थिक रुपमा भने केहि समस्या हुन सक्ने हुँदा खर्चमा नियन्त्रण राख्नु पर्न सक्ला।
मिथुन राशी:
शुक्र ग्रहको राशि परिवर्तनले यस राशि हुनेहरुलाई वैदेशिक यात्राको अवसर जुट्न सक्ला। आफन्तजनसंग बिग्रिएको सम्बन्ध सुधार्ने मौका मिल्ने देखिन्छ। शत्रु देखि भने सावधान रहनु पर्ला। आर्थिक लगानी गर्दा संयम हुँदा उचित हुनेछ। सकेसम्म आर्थिक रुपमा काम गर्दा परिवारमा सल्लाह गरेको उचित हुन सक्ला।
कर्कट राशी:
शुक्र ग्रहको राशि परिवर्तनको कारण यस राशि हुनेहरुलाई लाभ मिल्ने भएता पनि विभिन्न क्षेत्रहरुमा नसोचेको दुख मिल्नेछ। आर्थिक रुपमा समय राम्रै रहेता पनि प्रेम सम्बन्धको मामलामा भने समय खासै राम्रो नहुन सक्ला। यात्रा खासै उपलब्धिमुलक नहुनाले मन खिन्न रहनेछ। स्वास्थ्यको ख्याल राख्नु होला।
सिंह राशी :
शुक्रको राशि परिवर्तनले यस राशि हुनेहरुलाई जोगिरको क्षेत्रमा उल्लेख्य लाभ दिलाउनेछ। यात्रा सफल हुनेछ भने सोचेको सम्पूर्ण काम सम्पन्न हुनेछन्। प्रेमीबाट भरपूर सहयोग प्राप्त हुनेछ भने कार्यक्षेत्रमा प्रभाव बढेर जान सक्ला। सरकारी क्षेत्रबाट सम्मान मिल्ने समेत योग बन्ने देखिन्छ।
कन्या राशी:
शुक्र ग्रहको राशि परिवर्तन यस राशि हुनेहरुलाई धेरै नै फलदायक रहन सक्ला। धार्मिक यात्रामा खर्च हुनेभएता पनि आर्थिक समस्या भने रहने छैन। स्वास्थ्यमा भने केहि समस्या रहन सक्ला। घर-जग्गा जोड्ने मौका मिल्नेछ भने धन संचित गर्न पनि सफल भइने देखिन्छ। सोचे जस्तै लाभ हुँदा उत्साह बढ्न सक्ला।
तुला राशी :
शुक्र ग्रहको राशि परिवर्तनले दुर्घटना निम्त्याउन सक्ने हुँदा सजक रहनु पर्ने देखिन्छ। तुला राशि हुनेहरुले टाढाको यात्रा नगरेकै लाभदयाक हुन सक्ला। प्रेम सम्बन्ध समेत बिग्रन सक्ने हुँदा सजकता अपनाउनु पर्ने देखिन्छ। बोलिको कारण काम बिग्रिन सक्ने हुँदा कम बोलेकै उचित हुने देखिन्छ।
वृश्चिक राशि:
लामो समय देखि रहेको पारिवारिक समस्या देखि छुटकारा दिलाउन शुक्रको राशि परिवर्तनले भूमिका खेल्न सक्ला। आफन्तजनसंगको सम्बन्धमा पनि सुधार हुनेछ भने शत्रु समेत परास्त हुनेछन्। आर्थिक स्थित मजबूत हुनेछ। गर-गहना जोड्ने समेत अवसर जुट्न सक्ला। नयाँ कार्य थालानि पनि हुन सक्ने योग बन्नेछ।
धनु राशी:
शुक्र ग्रहको राशि परिवर्तनले यस राशि हुनेहरुलाई धेरै नै दुख दिन सक्ने देखिन्छ। परिवारमा कलह बढ्न सक्छ भने प्रेमीसंग पनि दूरी बढ्न सक्ला। यात्रा अपूर्ण हुन सक्ला। आफ्नैहरुले धोका दिन सक्ने देखिन्छ । स्वास्थ्य समेत प्रभावित हुनाले दैनिकीमा असन्तुलन देखिनेछ। खर्च समेत बढ्न सक्ला।
मकर राशी :
शुक्र ग्रहको राशि परिवर्तनले यस राशि हुनेहरुको रचनात्मकता, बौद्धिक क्षमता बढेर जानेछ। प्रतियोगिताहरुमा सजिलै सफलता मिल्नेछ। कानुनी रुपमा पनि शुक्र ग्रहले लाभ दिलाउन सक्ला। नयाँ कार्य-व्यवसायको प्रारम्भ हुन सक्ने देखिन्छ भने सम्पूर्ण तर्फबाट सहयोग प्राप्त हुनेछ।
कुम्भ राशी :
शुक्र ग्रहको राशि परिवर्तनको कारण स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्ला। खान-पानमा हुने लापरवाहीको कारण पाचन सम्बन्धि समस्या बढ्ने देखिन्छ। घर-परिवारमा माहोल सुखद हुनेभएता पनि आर्थिक विषयमा भने कलह बढ्नेछ। कलाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध पनि राम्रै रहनेछ।
मिन राशी :
शुक्र ग्रहको राशि परिवर्तनसंगै यात्रामा निस्किने मौका मिल्न सक्ला। जीवनसाथी संग सुखद समय व्यतित गर्ने मौका पनि मिल्ने देखिन्छ। तर प्रेम सम्बन्धमा भने समय राम्रो नरहन सक्ला। स्थान परिवर्तनको योग बन्ने देखिन्छ। सवारी सुख मिल्ने देखिन्छ भने गर-गहना जोड्ने मौका पनि मिल्नेछ।