भोली जेठ २२ गते तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलीको राशिफल

भोली मिति बिक्रम संवत २०७६ साल जेठ महिनाको २२ गते बुधवार तद अनुसार सन् २०१९ जुन ५ तारिख  तपाईको दिन कस्तो रहला त ? हेर्नुहोस तपाईको भोलिको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मानसिक चन्चलाताका कारण महत्वपुर्ण निर्णय लिन सकिने छैन।  प्रतिष्पर्धाको सामना गर्नुपर्ने छ।  नयाँ कार्यको थालनी गर्नका लागि जोस जाँगर  र हौसला मिल्नेछ।  लेखन तथा बौद्धिक क्षेत्रमा मन जानेछ।  छोटो दुरीको यात्रामा निस्कने सम्भावना रहेको छ।  बाणी तथा व्यवहारमा संयमित रहनु पर्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

दृढ आत्मविश्वासको अभावले गर्दा महत्वपुर्ण कार्य हात लागि हुने छैन। यात्रा सफल रहेको छैन।  भाईबन्धुका साथमा आपसी सहकार्य र स्नेहपूर्ण समय रहेको छ।  कलाकारिताको क्षेत्रमा बिशेष लाभ मिल्ने देखिन्छ।  स्वास्थ्य अनुकुल रहेको छ।  शत्रु परास्त भएर जानेछन।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

तपाईका लागि भोलिको दिन आर्थिक दृष्टिले लाभदायक साबित हुनेछ।  शारीरिक तथा मानसिक स्वस्थताको अनुभूति हुनेछ।  स्वादिष्ट भोजनको अनुभूति हुनेछ।  पारिवारिक वातावारण सुखमय रहेको छ।  दाम्पत्यजीवनमा समेत खुसियाली छाउने छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

परिवारमा अनावश्यक मनमुटाव हुनाले मनमा  खिन्नता छाउने छ।  मनमा द्विविधा भाव पैदा भएर जानेछ।  बोलीमा संयमितता अपनाउनु पर्ने छ अन्यथा अनावश्यक झैँ झमेलामा फस्न सकिने छ।  स्वास्थ्यमा बिशेष सावधानी अपनाउनु पर्ने छ।  खर्चको मात्रा बढेर जानेछ।  सार्वजनिक क्षेत्रमा मानहानीको अधिक सम्भावना रहेको छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

व्यापार व्यवसायको क्षेत्रमा लाभ हुनका साथै आय आर्जनमा वृद्धि भएर जानेछ।  उत्तम भोजनको अवसर प्राप्त हुनेछ।  साथीभाईका साथमा रमणीय स्थानमा घुम्न जाने अवसर मिल्नेछ।  वैवाहिक जीवन सुखमय रहेको छ।  ठुलाबडाको प्रसस्त साथ र सहयोग प्राप्त भएर जानेछ।  नयाँ बस्तुको खरिद गर्नका लागि भोलिको दिन लाभदायक रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

नयाँ कार्यको थालनी गर्नका लागि समय उपयुक्त रहेको छ।  नोकरी व्यवसायको क्षेत्रका लागि दिन लाभप्रद रहेको छ।  उच्च पदाधिकारीको प्रसस्त साथ र सहयोग मिल्नेछ। नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ।  पिताको तर्फबाट लाभ मिल्ने छ।  पारिवारिक सुखको अनुभूति मिल्नेछ।  स्वास्थ्य अनुकुल रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

लेखन तथा साहित्य क्षेत्रमा रुचि बढेर जानेछ।  नयाँ कार्यको थालनी गर्नका लागि समय उपयुक्त रहेको छ।  विदेशस्थित आफन्तजनका मार्फतबाट शुभ समाचार सुन्न पाइने छ।  सन्तान सुख मिल्ने छैन।  स्वास्थ्य सामान्य रहने छ।  परिवारमा अनावश्यक मनमुटावको स्थिति सिर्जना भएर जानेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

स्वासप्रस्वास तथा पेटसम्बन्धी समस्याले सताउन सक्ने भएकाले स्वास्थ्य सम्बन्धि बिशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।  शारीरिक एवेम मानसिक अस्वस्थताको शिकार भइने छ।  आम्दानीको तुलनामा खर्चको मात्रामा वृद्धि भएर जानेछ।  समग्रमा तपाईको लागि भोलीको दिन सामान्य रहेको छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

इष्टमित्रका साथमा दिन सुखद रहने छ।  स्वादिष्ट भोजन प्राप्त हुनेछ।  व्यापार व्यवसायमा लाभ मिल्नेछ।  सार्वजनिक क्षेत्रमा मान सम्मानमा वृद्धि भएर जानेछ।  वैवाहिक सुखानुभूति मिल्नेछ।  धनु राशी हुनेहरुका लागि भोलिको दिन सुखद रहेको छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

स्वास्थ्य अनुकुल रहेको छ।  मान सम्मानमा वृद्धि भएर जानेछ।  पारिवारिक सुख मिल्नेछ।  व्यापार व्यवसायको क्षेत्र लाभदायक रहेको छ।  शत्रु परास्त भएर जानेछ।  आयआर्जनमा वृद्धि भएर जानेछ।  आकस्मिक धन लाभको योग रहेको छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

कुनै पनि महत्वपुर्ण निर्णय र कार्य भोलिको दिन सकेसम्म नगर्दा नै राम्रो हुनेछ। सकेसम्म यात्रामा ननिस्कदा नै भोलिको दिन राम्रो हुनेछ।  निर्धारित समयमा अपेक्षा गरेअनुसारको कार्यमा सफलता मिल्ने छैन।   पेट सम्बन्धि समस्याको शिकार भइने छ।  सन्तान एवम पारिवारिक सुख मिल्ने छैन।  पढाई लेखाईको क्षेत्र खासै अनुकुल रहेको छैन।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

मानसिक अप्रसन्नता र शारीरिक थकानको महसुश हुनेछ।  माताको स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने छ।  शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रन सक्ने सम्भावना रहेको छ।  सामाजिक एवम सार्वजनिक स्थानमा मानहानी हुन सक्ला संयम रहनुहोला।  समग्रमा भोलीको लागि मिन राशी हुनेहरुका लागि समय सामान्य नै रहेको छ।

प्रकाशित : मङ्गलबार, जेठ २१, २०७६१४:३७

भोली जेठ २३ गते बिहिवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलीको राशिफल !