धार्मिक शास्त्रका अनुसार मानिसले जीवनमा सफलता अनि असफलता आफ्नो भाग्य अनुसार पाउने गर्छन। ज्योतिषशास्त्रले पनि हरेक कुराहरु भाग्यमा निर्भर गर्ने बताएको छ। यदि कुनै व्यक्तिलाई भाग्यले भरपुर साथ दिन्छ भने उसले हरेक कठिन परिस्थितिको सामना गर्न सक्छ। साथै धन सम्पतिमा वृद्धि हुनका साथै जीवन सुखमय बित्ने मान्यता रहेको छ।
भाग्यले साथ दिएको खण्डमा हरेक कार्य सहजतापुर्वक सम्पन्न गर्न सकिन्छ। तर बिडम्बना भाग्यले सबैलाई एकनास साथ दिदैन। कतिपय मानिसहरु भाग्यदोषको कारणले विभिन्न समस्याको सामना गरिरहेका हुन्छन। भाग्यदोष निवारण गर्नका लागि शास्त्रमा विभिन्न उपायहरु उल्लेख गरिएको हुन्छ।
भाग्य बलियो बनाउने ग्रह
भाग्य मजबुत बनाउनका लागि कुण्डलीको नवौं घरमा हेर्नु पर्छ। यस घरमा जुन राशी रहेको हुन्छ त्यसै राशीको स्वामीलाई भाग्यको मालिक मान्ने गरिन्छ। जस्तो कि वृश्चिक लग्नको कुण्डलीमा नवम भावमा कर्कट राशी रहेको हुन्छ। यस राशिको राशी स्वामी चन्द्रमा हो। चन्द्रमा बलियो भएका व्यक्तिहरुलाई भाग्यले भरपुर मात्रामा सहयोग गर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ। जुन व्यक्तिको कुण्डलीमा राशिको नवौ भावमा राशी स्वामी ग्रह बलियो हुन्छ सो व्यक्तिलाई भाग्यले जुन सुकै परिस्थितिमा पनि साथ दिने मान्यता रहेको छ।
यसरी चम्काउन सकिन्छ भाग्य
ज्योतिषशास्त्रमा भाग्य बलवान बनाई त्यसबाट लाभ पाउनका लागि केहि उपायहरु उल्लेख गरिएको छ। यसका लागि भाग्यको स्वामी ग्रहको जप मन्त्र उच्चारण गर्नु पर्दछ। विभिन्न धार्मिक शास्त्रमा नियमित रुपमा मन्त्र उच्चारण गर्न कठिन भएको अवस्थामा ग्रह अनुसारको रत्न धारण गर्ने उपाय बताईएको छ।
कुन राशी भएकाहरुका लागि कुन रत्नको उपयोग गर्नु पर्छ त
मेष /वृश्चिक राशि -मूंगा
वृष / तुला राशि -हीरा
मिथुन / कन्या राशि -पन्ना
कर्कट -मोती
सिंह -माणिक्य
धनु / मीन -पुखराज
मकर / कुंभ -नीलम