यस्ता छन कटहरका अपत्यारिला फाइदाहरु , जानिराखौं !

कटहर प्रोटिन , भिटामिन , कार्बोहाइड्रेट्स, क्याल्सियम , राइबोफ्लेविन, आइरन , फाइबर जस्ता पौष्टिक तत्वको भण्डार हो।  साथै यसको बिउमा थाइमीन र जिङ्क जस्ता तत्व रहेको हुन्छ। यसमा क्यालोरी र फ्याटको मात्रा कम हुने भएकाले यो तौल नियन्त्रण गर्नमा पनि उपयोगी रहेको छ।  तरकारीको रुपमा प्रयोग गरिने कटहरलाई अचार र पकौडा पनि प्रयोग गर्ने गरिन्छ।

दम 

कटहरको जराको पानी उमालेर खाने गर्नाले दम सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ।

क्यान्सर 

कटहरको ४-५ ओटा पत्तालाई एक गिलास पानीमा उमालेर दिनको २ पटक खाने गर्नाले क्यान्सरको कोशिकाको विकास हुनमा नियन्त्रण हुन्छ।

शक्तिबर्द्धक 

पाकेको कटहरको गुदिलाई पानीमा उमालेर चिसो भए पछि खाने गर्नाले शारीरिक उर्जा प्राप्त हुनका साथै यसले टनिकको रुपमा समेत काम गर्दछ।

घाउ खटिरा 

कटहरको बोक्राबाट निस्कने दूधलाई घाउ चोटपटक लागेको ठाउंमा प्रयोग गर्नाले बिशेष फाइदा हुन्छ।

मधुमेह / रक्तचाप 

यसको ५/६ पातलाई कुटेर यसबाट निस्केको रसलाई नियमित रुपमा सेवन गर्नाले मधुमेह तथा उच्च रक्तचापको समभावना कम रहन्छ।

छाला सम्बन्धी समस्या 

कटहरको जरालाई पिसेर पाउडर बनाई प्रयोग गर्नाले छाला सम्बन्धी समस्याबाट केहि मात्रामा छुटकारा पाउन सकिन्छ।

 

 

प्रकाशित : बिहिबार, जेठ २३, २०७६११:०४

केराको फुल (बुङ्गो) खानुका यी फाइदाहरु, जुन तपाईलाई थाहा छैन हेर्नुहोस !