सामान्यतया केराको फल,फुल पात देखि बोट सम्म सबै उपयोगी हुन्छ। यसको बोटलाई कागज बनाउन प्रयोग गरिन्छ भने फुल र फललाई खानको लागि प्रयोग गरिन्छ। सामान्य भाषामा केराको फुललाई केराको ‘बुङ्गो’ पनि भन्ने गरिन्छ। प्राय: अचार बनाउन प्रयोग गरिने केराको फुल खानुका फाईदा बारे धेरै जानाकार नहुन पनि सक्छन। केराको फुलमा मानव शरिरलाई आवश्यक धेरै प्रकारका पोशक तत्वहरु पाईन्छ। हरेक दिन केराको फुल सेवन गर्नाले कब्जियत , मधुमेह ,डिप्रेसन एनिमिया ,रक्तअल्पता जस्ता रोगहरुबाट समेत छुटकारा पाउन सकिन्छ। यसै सन्दर्भमा आज हामी केराको फुल खानुका फाईदाहरुको बारेमा कुरा गर्ने छौं।
यस्ता छन केराको फुल (बुङ्गो) खानुका फाइदाहरु आउनुहोस एकै छिन चर्चा गरौँ :
केराको फुलमा अत्याधिक मात्रामा अईरन हुन्छ। यसले सुत्केरी तथा गर्भवती महिलाको लागि निकै फाईदा पुर्याउछ भने रक्तअल्पता हुन बाट समेत बचाउछ। साथै एक कप केराको फूल पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्छ र अत्यधिक मात्रामा हुने ब्लिडिङ समेत कम गर्छ।
पेट फुल्ने ,अपच हुने, दुख्ने र कब्जियतको समस्या छ भने पनि केराको फुल खान सकिन्छ जसले पेटमा भएको एसीडीटि कम गर्न मदत गर्दछ। केराको फुलमा प्रशस्त मात्रामा एन्टि अक्सिडियन्ट पाईन्छ जसले गर्दा मुटुको समस्या ,क्यान्सर,बुढ्यौलीपन तथा रोग प्रतिरोधी क्षमतामा समेत बृद्दी गर्दछ।
केराको फुलले शरीरमा भएको अनावश्यक ईन्सुलिनको मात्रा घटाउन मदत गर्दछ। त्यसैले मधुमेह भएका व्यक्तिहरुले यसको सेवन गर्नु उपयोगी मानिन्छ। केराको फुलमा प्रशस्त मात्रामा म्याग्नेसियम पाईन्छ। त्यसैले यसको नियमित सेवनले डिप्रेसनको समस्याबाट राहत दिलाई मुड ठिक बनाउछ।
केराको फूलमा पाईने आईरन, क्याल्सियम तथा कपर जस्ता तत्वले मृगौलालाई स्वस्थ राख्नुका साथै मुत्र प्रणालीको संक्रमण समेत हटाउछ। केराको फुल नियमित सेवन गर्नाले शरिर सुन्निने र जलन हुन बाट समेत बच्न सकिन्छ।