यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा जुन तपाईलाई थाहा नै छैन !

अधिकांश मानिसहरु खानाका साथमा हरियो खुर्सानीको सेवन गर्न रूचाउने गर्दछन।  यसले खानाको स्वाद बढाउने मात्र नभई स्वास्थ्य सम्बन्धि विविध प्रकारका लाभ समेत हुने गर्दछ। कसैले भने यसको पिरोपन मन नपराउने कारणले गर्दा खुर्सानी खानाबाट टाढा नै रहन रुचाउने गर्दछन। भनिन्छ पाकेको रातो खुर्सानीको तुलनामा हरियो खुर्सानीको सेवन स्वास्थ्यवर्द्धक रहेको छ।

हरियो खुर्सानीमा विभिन्न पोषक तत्वहरु जस्तै भिटामिन ए , बि , सी , आइरन , कपर , पोटासियम , प्रोटिन तथा कार्बोहाईड्रेड प्रसस्त मात्रामा पाइन्छ।  यति मात्र नभई यसमा भिटा क्यारोटिन ,क्रीप्टोक्सान्थिन, जक्सन्थिन आदि जस्ता तत्व समेत मौजुद मात्रामा रहेको हुन्छ।

मधुमेह नियन्त्रणका लागि

मधुमेहको समस्या  भएकाहरुका लागि हरियो खुर्सानीको सेवन गर्नु लाभदायक रहेको छ।   किनकि यसले शरीरमा रहेको चिनीको मात्रालाई नियन्त्रण गर्ने र मधुमेह हुनबाट सधै बचाई राख्न मदत गर्दछ।

स्किनको लागि फाइदाजनक

हरियो खुर्सानीमा अधिकतम मात्रामा भिटामिन तत्व पाइन्छ।  जसको सेवनले हाम्रो त्वचामा निखार आउनका साथै छाला आकर्षक र मुलायम बनाई राख्न सहयोग गर्दछ।

पिनासका लागि उपयोगी

ताजा हरियो खुर्सानीमा एक चम्चा मह मिसाई खाली पेटमा सेवन गर्नाले दमको समस्या भएका हरुका लागि लाभदायी हुनेछ। हरियो खुर्सानीमा क्य्पसिकम  को मात्रा अत्यधिक मात्रामा हुने भएकाले गर्मीको समयमा लाग्ने हरेक प्रकारका समस्याहरु मौसमी रुघाखोकी लगायत पिनासका लागि समेत बहुउपयोगी रहेको छ।

पाचन प्रक्रियाका लागि

हरियो खुर्सानीको सेवन गर्नाले पाचनसंग सम्बन्धी हरेक समस्याको निदान गर्न अहम भूमिका निर्वाह गर्दछ। यसमा रहेको भिटामिनले खानलाई  सजिलै संग पचाउन मदत गर्छ।

ब्याक्टेरियल इन्फेक्सनबाट बचाऊछ

हरियो खुर्सानीमा एन्टी ब्याक्टेरियल गुण अधिक मात्रामा पाइन्छ।  जसले अनेक संक्रमणबाट बचाई राख्न मदत गर्छ।  त्यसैले हरियो खुर्सनि खानाले विभिन्न संक्रमणबाट त्वचामा लाग्ने रोगबाट समेत छुटकारा दिलाउछ।

आइरनको मात्रा बढाउन सहयोग

पुरुषको तुलनामा अधिकांश महिलामा आइरनको कमि भएको देख्न सकिन्छ।  यस्तो क्रममा हरेक दिन खाने खानामा हरियो खुर्सानीको प्रयोग गर्न सकेको खण्डमा अधिकतम स्वास्थ्य लाभ मिल्ने देखिन्छ।हरियो खुर्सानिलाई हल्का चिसो ठाउमा राख्नु पर्दछ अन्यथा यसमा रहेको पोषक तत्व नष्ट भएर जान सक्छ।

त्यसैले हरियो खुर्सानीको सहि समयमा सहि तरिकाले उपभोग गर्न सकेको खण्डमा अधिकतम लाभ उठाउन सकिन्छ।

प्रकाशित : शुक्रबार, जेठ २४, २०७६१२:०५

टमाटरको फेसप्याक प्रयोग गरेर घरमै चम्काउनुहोस् अनुहार, यसरी प्रयोग गर्नुहोस् !