सपनामा जनावर देख्नुको अर्थ के हो ? जान्नुहोस !

सुतेपछि सपना देख्नु एक सामान्य कुरा हो। निन्द्रामा सपना देख्नुको अर्थ फरक फरक हुन्छ। हामी सपनामा बिगतका कुराहरुलाई नै बढी देख्ने गर्छौ तथापी यसले भविष्यमा घट्ने घटनाको बारेमा समेत बताउने गर्छ।  जुन कुरा हाम्रो दिमागमा बढी आउछ र जे कुरा हामी आवश्यक भन्दा बढी सोच्ने गर्छौं त्यस्तो अवस्थामा सपना देख्ने गरिन्छ।

सपनामा कुनै पनि चिज , बस्तु , घटना , व्यक्ति आदिको बेग्ला बेग्लै कारण र अर्थ हुने गर्छ।  कतिपयले  सपनामा बिवाह , मृत्यु , तथा अन्य अलग दृश्य देख्छन भने कतिपयले भने सपनामा जनावर , पन्छी आदि देख्ने गर्छन। आज हामी सपनामा कुकुर , उँट , तथा नाग देख्नुको कारणबारे बताउन जादै छौं , आउनुहोस एकै छिन जान्ने कोसिश गरौँ ;

पुराना मित्रभेट 

अलग अलग अवस्थामा सपनामा कुकुर देखिएमा त्यसको अर्थ पनि अलग अलग नै हुने गर्छ र परिणाम पनि।  सपनामा यदि कुकुर रोएको देखिएको अवस्थामा नराम्रो खबर सुन्नु पर्ने हुन सक्छ , यस्तैमा सपनामा कुकुरलाई सामान्य अवस्थामा देखिएको खण्डमा पुराना  मित्रसंग भेट हुन सक्ने सम्भावना रहन सक्ने बताईएको छ।

विजय प्राप्त गर्ने 

यदि सपनामा बाघ देखिएको खण्डमा लामो समयसम्म रोकिएर रहेका कार्यहरु पुरा भएर जाने छ। साथै मुद्धा मामलाका हरेक कार्यमा  सफलता मिल्नुका साथै शत्रु परास्त भएर जाने बिश्वास गरिन्छ। सपनामा बाघ बघिनीको जोडी देख्नुको अर्थले  दाम्पत्यजीवन सुखद रहने संकेत गर्दछ।

विपत्तिको सामना 

मान्यता अनुसार उँटको सपना देख्नुलाई शुभ मानिदैन। यदि सपनामा हिडिरहेको उँट देखिन्छ भनेको यो विपत्तिको संकेत हो।

ब्यापारमा लाभ 

सपनामा गाई देख्नुको फरक रहस्य रहेको छ। सपनामा गाई देखिएको अवस्थामा चाँदीको ब्यापारमा वृद्धि हुन्छ।  यसका साथै सपनामा गाईको दुध दोएको देखेमा व्यापार व्यवसायमा आर्थिक उन्नति हुने सम्भावना रहन्छ।

मान सम्मानमा वृद्धि 

कालो नाग सपनामा देखिनुलाई शुभ मान्ने गरिन्छ।  यसको मतलब आर्थिक लाभ हुनका साथै मान सम्मानमा वृद्धि भएर जाने देखिन्छ।

सुख समृद्धि 

कुनै समयमा कतिपयले सपनामा नाग देख्ने गर्छन।  स्वप्नाशास्त्रमा उल्लेख गरिएको अनुसार सपनामा नाग या सर्प देखिनुलाई शुभ मान्ने गरिन्छ।  सपनामा सर्प देख्नुको मतलब जीवनमा सुख समृद्धि आउने बिश्वास गरिन्छ।

लक्ष्मीको कृपा मिल्नेछ

माछालाई लक्ष्मीको सूचक मान्ने गरिन्छ।  सपनामा माछा देखिनु भनेको भावी दिनमा धनको वर्षा हुने सम्भावना रहनु हो।

धन सम्बन्धी समस्याको समाधान

सपनामा हात्ती देख्नुलाइ शुभ मान्ने गरिन्छ। हात्तीलाई सपनामा देख्नुको अर्थ जीवनमा आइपरेका हरेक धन सम्बन्धी समस्याको समाधान हुने गर्छ।

प्रकाशित : आइतबार, जेठ २६, २०७६१२:२५

बद्रीनाथ धामसंग जोडिएका यी रोचक कुराहरु जुन तपाइलाई थाहा छैन, जानिराखौं !