ठूला करदाताले अझै तिरेनन् २१ करोडभन्दा बढी बक्यौता कर

ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पैसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् ।

महानगरपालिकाका अनुसार ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ । महानगरपालिकालाई २० लाख देखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकामा मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, विभिन्न संघसंस्था छन् । आजको नयाँ पत्रिका दैनिकमा शान्ति तामाङले लेखेका छन् ।

पुल्चोकस्थित महानगरपालिका कार्यालयनजिकै रहेको लबिम मलले करिब पाँच करोड कर तिर्न बाँकी छ । लबिम मल पाटन संयुक्त क्याम्पसको जग्गा भाडामा लिएर मल सञ्चालनमा आएको छ ।

प्रकाशित : आइतबार, जेठ २६, २०७६०४:१६

मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ