पछिल्लो समय मुटुसंग सम्बन्धित बिरामीहरुको संख्यामा क्रमिक रुपमा वृद्धि हुदै गईरहेको छ। कुनै एक समय थियो जुन बेलामा ५० बर्ष उमेर काटेकाहरुमा हृदयघात हुने बढी सम्भावना थियो तर हाल भने ३० बर्ष उमेर समूहका मानिसहरु यस समस्याको शिकार हुन् पुगेका छन। बिश्व स्वास्थ्य संगठन WHO को रिपोर्ट अनुसार मुटुरोगीको संख्या १९७० देखि २००० को बिचमा ३०० प्रतिशतले वृद्धि भएको छ। कुनै समय मुटु रोग लाग्न लागेको संकेत सुरुवाती चरणमा नै थाहा पाउन सकिन्छ। मुटुरोग एक प्राणघातक रोग हो। यसलाई सामान्य सम्झेर लापरवाही भने गर्नु हुदैन। त्यसैले मुटु रोग लाग्दा देखिने लक्षणका बारेमा बेलैमा सजक हुनु आवश्यक छ।
सामान्यतया मुटुरोग मानसिक तनावका कारण लाग्ने प्राणघातक रोग हो। तनावबाट मुक्ति पाउनका लागि मानिसहरुले धुम्रपान , मध्यपान , स्लिपिङ्ग ट्याब्लेट आदिको साहारा लिने गर्छन। जसले गर्दा क्रमिक रुपमा यस्तो आदत स्वभावमा परिवर्तन भई मुटु रोग लाग्ने खतरा बढी हुन्छ। यसबाट बच्नका लागि मानिसहरुले उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ। मुटुरोग लाग्नु भन्दा अघि देखिने यी लक्षणहरुको बारेमा जानकार भएको खण्डमा समय भन्दा अघि नै यसले पार्ने प्रभावबाट बच्न सकिन्छ।
यी हुन् हृदयघातका सुरुवाती लक्षणहरु ;
हृदयघात हुनु भन्दा पहिले छातीमा दवाव महसुश हुन् थाल्छ साथै छाती देख्ने जस्ता समस्या देखिन थाल्छ । यसका साथै मुटुसम्बन्धी गम्भीर समस्या देखा पर्नु भन्दा पहिले छाती पोल्ने , पेट दुख्ने , पाचन सम्बन्धी समस्या आदि देखिन थाल्छ। कुनै समय मुटु रोगीको छाती र बायाँ काँधमा दुखाइको महसुश हुन थाल्छ। यो दुखाई विस्तार विस्तार गर्दै हातका अन्य भागमा पनि फैलिदै जान्छ।
यदि तपाईलाई बिगत लामो समयदेखि ज्वरो , रुघा लागेको छ या थुक सफा सेतो तथा गुलाबी रंगको छ भने यो पक्कै पनि हृदयघात भएको संकेत हुन सक्छ। स्वासप्रस्वासमा समस्या आउनु, अधिक पसिना आउनु , शरीरले राम्रोसंग काम नगर्नु, शरीरमा रक्तसंचार राम्रोसंग नहुनु आदि मुटुरोगका संकेतहरु हुन्। यसका साथै रिंगटा लाग्नु , बेहोस हुनु , शारीरिक थकानको महसुश हुनु आदि लक्षण मुटुरोगका सामान्य संकेतहरु हुन सक्छन त्यसैले यसबाट बच्नका लागि बेलैमा बिशेष सावधानी अपनाउनु जरुरी छ।