यी हुन् विश्वका प्रसिद्ध ७ ठुला मस्जिदहरु ;
-इमाम अली मस्जिद (इराक)
इमाम अली मस्जिद नाम गरेको यस मस्जिद इराकको नजफ भन्ने स्थानमा अवस्थित रहेको छ। सिया समुदायलाई लक्षित गरि निर्माण गरिएको यस मस्जिदको आफ्नै छुट्टै आस्था रहेको छ। इश्वी संवत ९७७ मा निर्माण भएको यस मस्जिदमा हरेक बर्ष लाखौको संख्यामा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ।
-अल-अजहर मस्जिद (मिस्र)
इश्वी संवत ९७० मा निर्माण गरिएको अल-अजहर नाम गरेको यो मस्जिद मिश्रमा अवस्थित रहेको छ। यस मस्जिदलाई मिश्रको राजधानी कहिरामा निर्माण भएको पहिलो मस्जिदको रुपमा मान्ने गरिन्छ।
-इमाम मस्जिद इसफहान (ईरान)
इमाम मस्जिद इसफहान नाम गरेको ईरानको यस मस्जिद शाह मस्जिदको नामले प्रसिद्ध रहेको छ। यस मस्जिदको नमुनाको बनावटलाई पारसी आर्किटेक्चरकोरहेको छ। यस मस्जिदको निर्माणको थालनी १६११ देखि गरिएको हो।
-अल-फतह मस्जिद (सऊदी अरब)
अल-फतह नामक यस मस्जिद साउदी अरबको बहरिनमा अवस्थित रहेको छ। यस मस्जिदलाई विश्वको सबैभन्दा ठुलो मस्जिदको रुपमा लिने गरिन्छ। यो लगभग ६,५०० स्क्वॉयर मीटर क्षेत्रफलमा फैलिएर रहेको छ। मस्जिदको निर्माण १७८७ मा शेख सलमान अल खलिफाले गरेका हुन्।
-अल-मस्जिद अल-नवाबी (सऊदी अरब)
अल-मस्जिद अल-नवाबी साउदी अरबको मदिनामा निर्माण गरिएको विश्वको सबै भन्दा सुन्दर मस्जिद मध्ये एक हो। यसलाई पैंगबर साहबले बनाएका हुन् भने। यस मस्जिदलाई मक्का पश्चात मुश्लिम धर्मावलम्वीहरुको दोस्रो पबित्र स्थान मान्ने गरिन्छ।
-बादशाही मस्जिद (पाकिस्तान)
यो मस्जिद पाकिस्तानको प्रसिद्ध सहर लाहोरमा अवस्थित रहेको छ। भनिन्छ यस मस्जिदको निर्माण मुगल बादशाह औरंगजेबले गरेका हुन्। पाकिस्तान र भारतको सिमा छुट्टिनु भन्दा पहिले यस मस्जिद भारत मा नै अवस्थित रहेको थियो।
-बड़ा इमामबाड़ा (भारत)
भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा निर्माण गरिएको इमामबाड़ा नामको मस्जिद विश्वको सबभन्दा ठुलो मस्जिद मध्ये समावेश रहेको छ। भनिन्छ यस मस्जिदको निर्माण सन् १७८४ मा असफ-उद-दौलाले गरेका हुन्।