‘८३’ मार्फत एकसाथ चलचित्रको पर्दामा देखिदै रणवीर दीपिका !

एजेन्सी , बलिउड अभिनेता रणवीर सिंह पछिल्लो समय कपिल देवको जीवनीमा आधारित रहेको चलचित्र ८३ मा ब्यस्त रहेका छन।  चलचित्रमा रणवीर कपिल देवको भूमिकामा देखिदै छन भने चलचित्रमा रणवीर पत्नी दीपिकाले पनि कपिल देवको पत्नी रोमीको भूमिकामा देखिने खबर बाहिरिएको छ। कपिल देवको वास्तविक जिन्दगी चलचित्रको पर्दामा उतार्नका लागि रणवीरले उनका साथमा १० दिनको समय बिताएका छन भने सोहि अनुरुप दीपिकाले पनि उनकी पत्नी रोमीका साथमा उनका बारेमा जान्नका लागि १० दिन उनका साथमा बिताउने भएकी छिन।

कपिल देव जस्ती दीपिकाका पिता प्रकाश पादुकोण पनि भारतका नाम चलेका खेलाडी हुन्। त्यसैले गर्दा नै दीपिकाको परिवार र कपिल देवको परिवारको नजिकको सम्बन्ध रहेको छ। दीपिकासंग कपिल दम्पतिको बिगत लामो समय देखि नै चिनजान रहेको छ। एक अन्तर्वार्तामा दीपिकाले ‘ कपिल देवको जीवनसंग सम्बन्धित चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि खुसीको कुरा रहेको बताएकी छिन।

जानकारीमा आए अनुसार दीपिका यस चलचित्रमा निर्माताका रुपमा समेत देखिदै छिन। दीपिकाको यस चलचित्रमा दमदार रोल रहेको छ किनकि उनि यस चलचित्रमा  कपिल देवकी पत्नी रोमी भटियाको भूमिका निर्वाह गर्दै छिन। यस समय  रणवीर चलचित्र’ ८३’ का लागि इंगल्याण्डमा चलचित्रको छायांकनमा व्यस्त रहेका छन। यस चलचित्रका लागि उनले बिगत लामो समय देखि कडा मेहनत समेत गरिरहेका छन भने उनले कपिल देवको साथमा करिब ६ महिना क्रिकेट सिकेका छन।

 

प्रकाशित : मङ्गलबार, जेठ २८, २०७६०६:२६

प्रकाश सपुतको ‘गलबन्दी’ ले बनायो अर्को नयाँ रेकर्ड !