औषधीय गुणले भरिपुर्ण एलोभेरा अर्थात् घ्युकुमारी विभिन्न कारणले स्वास्थ्यका लागि फाइदाजनक रहेको छ। यसको नियमित सेवन गर्नाले स्वास्थ्य सम्बन्धी देखिएका बिबिध समस्या समाधानगर्न सकिन्छ। यो छालाको लागि पनि उपयोगी रहेको छ। घ्युकुमारीको प्रयोग गर्ने सहि तरिकाको बारेमा जानकारी पाएको खण्डमा अझ यसबाट धेरै भन्दा धेरै फाइदा उठाउन सकिन्छ। यसै क्रममा आज हामी घ्युकुमारीले स्वास्थ्यमा पुर्याउने फाइदाहरुको बारेमा बताउन गईरहेका छौं आउनुहोस यसको प्रयोगले स्वस्थ्यमा पुर्याउने फाइदाका बारेमा जानिराखौं ;
– विद्युतीय उपकरणहरु जस्तै मोबाइल , कम्प्युटर जस्ता उपकरणमा बढी सक्रिय रहनाले आँखा पोल्ने समस्या देखिन सक्छ। यसबाट बच्नका लागि २ चम्चा एलोभेरा जेललाई एक कप पानीमा मिलाई धुनाले बिशेष फाइदा पुग्ने देखिन्छ।
-अनुहारमा आएको कालो पोतो, दाग धब्बाबाट छुटकारा पाउनका लागि पनि हरेक दिन एलोभेरा जेल लगाउनु आवश्यक छ जसले गर्दा अनुहारमा भएका दाग ,धब्बा हट्नुका साथै अनुहार सफा र चम्किलो बनाईराख्न मदत गर्दछ।
-घाउ चोटपटक लागेको अवस्थामा प्रभावित ठाउंमा एलोभेराको जेल लगाउनु आवश्यक छ।
-कपालको चाया हटाउनका लागि पनि २ चम्चा एलोभेराको जेल कन्डिसनरमा मिसाई लगाउनु पर्दछ। जसले गर्दा चायाबाट मुक्ति पाउनुका साथै कपाल झर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।
-हाडजोर्नी दुख्ने समस्या भएकाहरुका लागि पनि एलोभेराको जेलको प्रयोग फाइदाजनक रहेको छ।
-अनावश्यक तौल नियन्त्रण गर्नका लागि एलोभेरा जेल उपयुक्त हुन्छ। हरेक दिन एलोंभेरा जेल लगाउने गर्नाले मेटाबोलिज्म नियन्त्रण भई शरीरको अनावश्यक तौल कम गर्नमा सहयोगी भूमिका निर्वाह गर्दछ।
– यसको प्रयोगले दाँत मजबुत हुनका साथै क्याबीटिको समस्या पनि कम हुन जान्छ।
-हरेक दिन बिहान २ चम्चा एलोभेरा जेल पानीमा मिसाई खाने गर्नाले शरीरबाट अनावश्यक विषाक्त पदार्थ निकाली शरीर स्वस्थ बनाउनमा मदत पुर्याउछ।