यी हुन् अमेरिकाको बसाई छोडेर नेपाल फर्केका ७ नेपाली सेलिब्रेटिहरु, हेर्नुहोस !

धेरै नेपालीहरुको नाम, दाम र ईनाम कमाउनको लागि अमेरिका जाने रहर हुन्छ। त्यसैले त हामीले हरेक बर्ष डिभी भर्ने युवाको लाईन देख्ने गरेका छौं। यस्तो रहर नेपाली युवाहरुमा मात्र होईन चर्चित र स्थापित भईसकेका कलाकारहरुलाई समेत हुने गर्दछ। कति कलाकारहरु त चर्चा बटुल्दै गर्दा अमेरिका भासिन्छन र उतैको माहोलमा हराउने गरेका छन् भने कोहि निर्धारित समय पुरा भए पश्चात नेपाल फर्किएर यतै बस्ने सोच बनाएका हुन्छन। यसै सन्दर्भमा आज हामी धेरै वर्ष अमेरिका बसेर नेपाल फर्किएका केहि नेपाली कलाकारहरुको बारेमा कुराकानी गर्ने छौं, आउनुहोस ति कुन कुन कलाकार हुन् त जान्ने कोसिश गरौँ ;

१ – सरोज खनाल

विगत लामो समयको अमेरिका बसाई पछि अभिनेता सरोज खनाल सधैको लागि अमेरिकाको बसाई त्यागेर नेपाल फर्किएका हुन्। एक समयका चलन चल्तीका नायक सरोज नेपाल फर्किए लगत्तै चलचित्र र अभिनय क्षेत्रमै व्यस्त रहेका छन्।

२ -गौरी मल्ल

कुनै समयकी निकै नै चर्चित नायिका हुन गौरी मल्ल। गौरी  नाच्न जान्ने र अभिनय कलामा पनि उत्तिकै पोख्त नायिकाको रुपमा गनिन्छिन। उनि पनि विगत लामो समय देखिको अमेरिका बसाईलाई त्यागेर नेपाल फर्किएकी हुन्। नेपाल आएसंगै उनलाई चलचित्र, टेलिचलचित्र तथा टेलिभिजन कार्यक्रम गर्दै भ्याई नभ्याई रहेको छ।

३ – करिश्मा मानन्धर

नेपाली चलचित्र क्षेत्रकी  सदावाहर र सुन्दरी नायिकाको नामले परिचित नायिका करिश्मा मानन्धर पनि लामो समयको अमेरिका बसाई पछि नेपाल फर्किएकी हुन्। एक समयकी निकै नै व्यस्त करिश्मा ८ वर्ष पछि नेपाल फर्किएर पुन कलाकारितामै सक्रिय रहेकी छिन। यसका साथै उनको राजनीतिमा समेत सक्रियता बढेको देखिन्छ। अझ रोचक कुरा त के भने उनले कक्षा ८ बाट पढेर २०७५ सालको एसईई परिक्षा समेत दिएकी छिन।

४ – यमन श्रेष्ठ

वरिष्ट हास्य व्यंग्य कलाकार मदन कृष्ण श्रेष्ठका सुपुत्र समेत रहेका यमन श्रेष्ठ अध्ययनको सिलसिलामा अमेरिका गाएका थिए। साथै उनले अमेरिकाबाट नै विवाह समेत गरेका थिए। आमाको स्वास्थ्यमा समस्या देखिन थालेपछि उनि सधैका लागि अमेरिका छाडेर परिवार सहित नेपाल फर्किएका हुन् । हाल उनि हास्य टेलीशृंखला ,चलचित्र तथा गायनमा सक्रिय रहेका छन्।

५ – प्रियंका कार्की

नायिका प्रियंका कार्की पनि अध्ययनको शिलशिलामा केहि समय अमेरिकामा बसोबास गरेकी थिइन्। साथै उनले अमेरिकामै भेट भएका रोचक मैनाली संग प्रेम विवाह गरेकी थिइन्। उता ‘फिल्म मेकिङ्ग’मा ब्याचलर्स गरे संगै प्रियंका नेपाल फर्किएकी हुन्। फर्किए लगत्तैबाट चलचित्र क्षेत्रमा सक्रिय उनि अहिलेकी चर्चित र व्यस्त नायिका हुन्।

६ – राजाराम पौडेल

चर्चित हास्य कलाकार राजाराम पौडेल पनि ७ वर्षको अमेरिका बसाईलाई त्यागेर नेपाल फर्किएका हुन्। उनि भने सशश्त्र जनयुद्दको बेला छोराको भविष्य र अधययनको लागि अमेरिका गएका हुन्। अध्ययन सकिए पछि छोरालाई अस्ट्रेलिया पठाएर राजाराम भने नेपाल पर्किए र पुन कलाकारिता मै व्यस्त हुन थाले।

७ – रमेश उप्रेती

रमेश उप्रेती एक समयका चलन चल्तीका नायक हुन्। चर्चित अभिनेता गणेश उप्रेतीका छोरा समेत रहेका उनि पनि लामो समयको अमेरिका बसाई पछि नेपाल फर्किएका हुन्। नेपाल फर्किए संगै उनले चलचित्र ऐश्वर्यामा अभिनय गरेका थिए ,जसबाट उनले निकै नै चर्चा परिचर्चा बटुल्न सफल भएका थिए।

 

प्रकाशित : मङ्गलबार, जेठ २८, २०७६०८:५४

स्विमसुटमा समुन्द्रको किनारमा हट देखिएकी ज्याकलिन, हेर्नुहोस उनका केहि तस्बिरहरु !