भोलि जेठ महिनाको अन्तिम बुधवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि बिक्रम संवत २०७६ साल जेठ महिनाको२९  गते बुधवार तद अनुसार सन् २०१९ जुन १२ तारिख , तपाईको दिन कस्तो रहला कसरी बित्ला हेर्नुहोस आजको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

आर्थिक एवम व्यवसायिक दृष्टिले भोलिको दिन लाभदायी रहेको छ।  आर्थिक लाभ भएर जानेछ।   व्यापार बिस्तार भएर जानेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  छोटो दुरीको यात्रा हुने सम्भावना रहेको छ।  साथीभाई एवम परिवारका साथमा मेलमिलापको स्थिति सिर्जना हुनेछ।  धार्मिक कार्यमा मन जानेछ।  समग्रमा मेष राशी हुनेहरुका लागि भोलिको दिन शुभ रहेको छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बोलीको प्रभावबाट सबैको मन जित्न सफल भइने छ। बौद्धिक कार्यमा सफलता मिल्नेछ।  शुभ कार्य गर्ने हौसला प्राप्त भएर जानेछ। मेहनत गरे अनुसारको कार्यमा अपेक्षित सफलता नमिल्नाले मानसिक हताशा सिर्जना भएर जानेछ।  आर्थिक आयोजनाका लागि समय अनुकुल रहेको छ।   ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

मनमा नकारात्मक भाव पैदा भएर जानेछ। बौद्धिक कार्यमा खासै सोचे अनुरुपको सफलता मिल्ने छैन।  भोलिको दिन सकेसम्म यात्रामा ननिस्कादा नै राम्रो हुनेछ। माताको स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ।  शारीरिक थकानको अनुभूति हुनेछ। अनावश्यक मनमुटावमा नाफस्दा नै राम्रो हुनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

नयाँ कार्यको शुभारम्भ गर्ने उपयुक्त समय रहेको छ।  अचनाक मित्रभेटको सम्भावना रहेको छ। परिवारका साथमा सुखद यात्राको अवसर मिल्नेछ। मनमा हर्ष उल्लासको मात्रामा वृद्धि भएर जानेछ।  नोकरी व्यवसायको क्षेत्रमा प्रतिष्पर्धी माथि विजय हासिल गर्ने समय रहेको छ।  आर्थिक लाभ भएर जानेछ।  सामाजिक मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

आर्थिक दृष्टिले समय लाभदायी रहेको छ।  खर्चको मात्रामा वृद्धि भएर जानेछ।  शुभ समाचार सुन्ने अवसर मिल्नेछ।  आँखा या दाँत सम्बन्धी समस्याले सताउने छ।  उत्तम भोजनको अवसर मिल्नेछ।  कार्यमा सफलता मिल्नेछ।  बोलीको प्रभाव बढ्ने छ।  समग्रमा सिंह राशी हुनेहरुका लागि भोलिको दिन मध्यम फलदायी रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

बैचारिक समृद्धिमा वृद्धि भएर जानेछ।  व्यवसायिक दृष्टिले समय लाभदायी रहेको छ। स्वास्थ्य अनुकुल रहेको छ।  आर्थिक लाभ भएर जाने सम्भावना रहेको छ।  पारिवारिक सुखानुभूति प्राप्त भएर जानेछ।  शुभ समाचार सुन्ने अवसर मिल्नेछ।  दाम्पत्यजीवन सुखमय बित्नेछ।  समग्रमा कन्या राशी हुनेहरुका लागि भोलिको दिन मध्यम फलदायी रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनु पर्नेछ।  मनमा नकारात्मक भाव आउनबाट सकेसम्म बच्नु पर्नेछ।  खर्चको मात्रामा वृद्धि भएर जानेछ।  बाणी तथा व्यवहारमा बिशेष संयमितता अपनाउनु पर्ने देखिन्छ।  अनावश्यक झैँ झमेलामा फस्ने सम्भावना रहेको छ।  इश्वर भक्ति र आद्यात्मिक कर्य्ना मन लगाउनाले बिशेष लाभ मिल्ने देखिन्छ।

 वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

नोकरी व्यवसायको क्षेत्रका लागि समय लाभदायक रहेको छ। साथीभाई एवम इष्टमित्रका साथै रमणीय स्थलमा भ्रमणको अवसर मिल्नेछ। वैवाहिक योगको सम्भावना रहेको छ।  पत्नी तथा पुत्रका तर्फबाट लाभ मिल्नेछ। कार्यमा उच्च अधिकारीको साथ र सहयोग मिल्नेछ।  संसारिक सुखको अनुभव हुनेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

पारिवारिक वातावरण सुखमय बित्नेछ।  अपेक्षा गरे अनुसार हरेक कार्यमा सफलता मिल्नेछ। ठुलाबडाको साथ र आशिर्वाद प्राप्त हुनेछ। व्यवसायिक यात्राको सम्भावना रहेको छ। कार्यभार बढेर जानेछ।  आर्थिक योजनाका कार्य सफलता पुर्वक सम्पन्न भएर जानेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

बौद्धिक एवम व्यवसायिक क्षेत्रमा लाभ मिल्नेछ।  सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ।  शारीरिक एवम मानसिक अस्वस्थताको अनुभव हुनेछ।  अनावश्यक रुपमा खर्चको मात्रामा वृद्धि भएर जानेछ।  छोटो दुरीको सुखद यात्रा हुने सम्भावना रहेको छ।  सरकारी क्षेत्रबाट खासै सफलता मिल्ने छैन।  शत्रु परास्त भएर जानेछ। समग्रमा मकर राशी हुनेहरुका लागि भोलिको दिन मिश्र फलदायी साबित हुनेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

अनैतिक क्रियाकलाप गर्नबाट सकेसम्म बच्नु पर्नेछ।  परिवारमा अनावश्यक बेमेलको स्थिति सिर्जना हुन सक्ला संयम रहनुहोला। खर्चको मात्रामा वृद्धि हुनाले आर्थिक संकटको सामना गर्नुपर्ने छ।  आर्थिक अभाव खड्किने छ।  शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

दैनिक कार्यका अलावा रमणीय स्थानमा घुम्न जाने अवसर मिल्ने छ।  परिवार तथा इष्टमित्रका साथमा दिन आनन्दायी व्यतित हुनेछ।  मनमा उत्साहको मात्रामा वृद्धि भएर जानेछ।  स्वास्थ्य अनुकुल रहनेछ।  मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  समग्रमा मिन राशी भएकाहरुका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

प्रकाशित : मङ्गलबार, जेठ २८, २०७६१४:०६

भोलि जेठ महिनाको अन्तिम बिहिवार , तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !