गर्मीको समयमा मात्र पाइने आँपको नियमित सेवनले हुनेछ यस्ता नसोचेका लाभ, हेर्नुहोस !

प्राय गर्मीको समयमा मात्र फल्ने आप खानुको मज्जा नै बेग्लै हुन्छ। गर्मीको समयमा मात्र उपलब्ध हुने आँप बच्चा देखि लिएर बुढा सम्मलाई मन पर्ने फल हो। हरेक दिन आँपलाई खानामा प्रयोग गर्नाले यसले स्वास्थ्यमा बिशेष फाइदा हुने देखिन्छ। यसै सन्दर्भमा आज हामी  आँपको सेवनले स्वास्थ्यमा पुग्ने फाइदाहरुका बारेमा कुरा गर्न जादै छौँ आउनुहोस ;

-आँपमा फाइबर र भिटामिन प्रसस्त मात्रामा पाइन्छ। यसले शरीरमा कोलेस्टोरेलको मात्रा नियन्त्रण राख्नमा मदत गर्दछ। साथै यसको सेवनले मुटुसंग जोडिएका हरेक समस्याबाट समेत मुक्ति पाउन सकिन्छ।

-आँपमा प्रसस्त मात्रामा पाइने इन्जाईम तत्वले स्वास्थ्यमा बिशेष फाइदा पुर्याउछ।  यसका साथै आँपको सेवनले पाचन प्रक्रियामा समेत सुधार भएर जानेछ।

-आँप कब्जियतको समस्या भएकाहरुका लागि पनि प्रभावकारी रहेको छ। यसले अनावश्यक रुपमा लाग्ने भोक नियन्त्रण गर्नमा पनि फाइदा पुर्याउछ।

-आँपमा पाइने फिसेटिन र क्यूसेर्टिन जस्ता एन्टीअक्सिडेन्टले क्यान्सर हुने सम्भावना कम हुन्छ। आँपमा पाइने एन्टी क्यान्सर प्रोपर्टीले क्यान्सर हुने खतरा कम हुन्छ।

-आँपमा पाइने भिटामिन ए तत्वले ले गर्दा आँखाको ज्योति बढाउनमा सहयोग गर्छ। यसका अलावा यसको सेवनले स्मरण शक्ति बढाउनमा पनि मदत गर्दछ। साथै आँपको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ।

 

प्रकाशित : बुधबार, जेठ २९, २०७६१२:४२

बर्षातको समयमा यी फल / सब्जीको सेवन हुन सक्छ स्वास्थ्यका लागि घातक, जानिराखौं !