बलिउडका यी शिक्षक कलाकार जसको अभिनयको आजसम्म पनि हुन्छ उत्तिकै चर्चा !

मोहब्बतें

चलचित्र मोहब्बतेंमा दुई ठुला सुपरस्टार अमिताभ बच्चन र शाहरुख खानले काम गरेका थिए। शाहरुखले यस चलचित्रमा यस्तो  शिक्षकको भूमिका निर्वाह गरेका थिए जहाँ उनले बिद्यार्थीलाई माया गर्न सिकाएका। छन।  यस चलचित्रमा शाहरुख र अमिताभको बिचको टकराव देखन सकिन्छ।

 ब्ल्याक 

संजय लीला भन्सालीद्वारा निर्मित चलचित्र ब्ल्याकमा महानायक अमिताभ बच्चनले शिक्षकको भूमिका निर्वाह गरेका छन।

३ इडियट्स

३ इडियट्स चलचित्र बक्स अफिसमा शानदारको व्यापार गर्न सफल चलचित्र हो। यो बिद्यार्थी जीवनको बारेमा निर्माण गरिएको चलचित्र हो। यस चलचित्रमा बोमन ईरानीलाई एक कडा प्रोफेसर भुमिकामा देखिएका छन।

कुछ कुछ होता है

शाहरुख खान , काजोल र रानी मुखर्जी मुख्य भूमिकामा रहेको चलचित्र कुछ कुछ होता है मा सलमान खानले महत्वपुर्ण भूमिकामा देखिएका थिए। जुन चलचित्रमा अर्चना पूरण सिंहले शिक्षकको महत्वपुर्ण भूमिका निर्वाह गरेकी छिन।

मैं हूं ना

शाहरुख खानलाई चलचित्र उद्योगमा रोमान्स गर्नमा माहिर कलाकारको  रुपमा मान्ने गरिन्छ। यस चलचित्रमा शाहरुख सुष्मिता सेनको प्रेममा पर्छन जहाँ सुश्मिताले शाहरुखको शिक्षिकाको भूमिका निर्वाह गरेका छन। शिक्षक र बिद्यार्थीबिचको प्रेम सम्बन्धमा आधारित यस चलचित्र हाल सम्म पनि लोकप्रिय छ।

तारे जमीं पर

शिक्षक बिद्यार्थीबिचको सम्बन्ध देखाईएको चलचित्र ‘तारे जमी पर’  बक्स अफिसमा सफल प्रदर्शन गर्न सफल चलचित्र हो। यस चलचित्रमा आमिर खान शिक्षक र दर्शिल सफारी बिद्यार्थीको भूमिकामा देखिएका छन।

 

 

 

प्रकाशित : बुधबार, जेठ २९, २०७६०८:५९

यी हुन् एक भन्दा बढी विवाह गर्ने नेपालका केहि चर्चित कलाकारहरु, हेर्नुहोस !