के तपाईलाई पनि सवारी साधनमा यात्रा गर्दा वान्ता हुने समस्या छ ? यदि छ भने अपनाउनुहोस यी घरेलु उपायहरु!

कतिपय मानिसलाई सवारी साधनहरु जस्तै बस , ट्याक्सी आदिको यात्रामा  निस्कदा वान्ता आउने समस्या हुन्छ। यस्तो अवस्था गरेको यात्रा निकै नै कष्टदायी रहन्छ। जसलाई सामान्य मोसन सिकनेस पनि भन्ने गरिन्छ। एक अध्ययनका अनुसार शरीरका विभिन्न अंगहरु  जस्तै आँखा , कान आदिले राम्रो संग काम गर्न नसकेको अवस्थामा सवारी साधनमा वान्ता आउने निष्कर्ष निकालेको छ।

यसको रोकथामको निमित्त यस्ता घरेलु उपाय अपनाउन सकेको खण्डमा यात्रा थप रोमान्चक , आकर्षक हुनका साथै स्वास्थ्य पनि स्वस्थ रहन्छ;

ल्वांग 

यात्रा गर्दा वान्ता हुने समस्याका लागि ल्वांग अचुक उपाय हुन् सक्छ।  यसलाई मुखमा राखेर लामो समयसम्म चुसिरहदा वान्ता हुने समस्याबाट केहि हद सम्म छुटकारा पाउन सकिन्छ।

सुप 

यात्रा गर्दा अलिकति सुपको दाना मुखमा हाली चपाउने गर्नाले वान्ता हुने सम्भावना कम हुन्छ।

आँपको पात

हरियो आँपको पात सवारीमा यात्रा गर्दा वान्ता हुने समस्याको लागि अचुक उपाय हो। यसको पातलाई बेलाबेलामा चपाउने गर्नाले पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ।

अदुवा 

दैनिक खानामा मसलाको रुपमा प्रयोग गरिने अदुवामा विभिन्न प्रकारका औषधीय गुण भरपुर मात्रामा पाइन्छ। यात्रा गर्ने क्रममा अदुवाको केहि टुक्रा काटी चुसिरहदा पनि वान्ता हुने समस्याबाट केहि मात्रामा राहत पाउन सकिन्छ।

जामुन 

जामुन यात्रा गर्दा वान्ता हुने  समस्याको लागि अचुकको औषधि हो। यसको फल तथा पातलाई यात्रा गर्नुपुर्व या यात्त्रको क्रममा सेवन गर्ने गर्नाले वान्ता हुने समस्याबाट राहत पाउन सकिन्छ।

 

 

 

प्रकाशित : बुधबार, जेठ २९, २०७६११:४६

गर्मीको समयमा मात्र पाइने आँपको नियमित सेवनले हुनेछ यस्ता नसोचेका लाभ, हेर्नुहोस !