बर्षातको समयमा यी फल / सब्जीको सेवन हुन सक्छ स्वास्थ्यका लागि घातक, जानिराखौं !

मनसुनको समय लगभग सुरु हुन थालिसकेको छ।  मनसुन संगै सुरु भएसंगै यसले स्वास्थ्य सम्बन्धी विभिन्न समस्या समेत निम्त्याउछ।  मनसुनमा स्वस्थ रहनका लागि खानपानमा बिशेष दिनु पर्छ। किनकि मनसुनका समयमा स्वास्थ्यसम्बन्धी विभिन्न  समस्या निम्तन्छ। यसै सन्दर्भमा आज हामी बर्षातको समयमा खान नहुने केहि / फल सब्जीको बारेमा कुरा गर्न जादै छौ ; ती   कुन कुन फल तथा सब्जीहरु  हुन त जो मनसुनको समयमा स्वास्थ्यका लागि हानिकारक छ आउनुहोस एकैछिन चर्चा गरौँ।

बन्दागोभी /पालक 

बर्षाको मौसममा हाम्रो पाचन प्रणाली कमजोर हुने भएकाले यो समयमा खानपानमा बिशेष ध्यान दिनु पर्ने देखिन्छ। बन्दागोभी र पालक जस्ता सब्जीहरुमा स-साना किरा र त्यसको फुल हुने भएकाले यसको सेवन गर्नबाट सकेसम्म बच्नु पर्नेछ। साथै सेवन गर्ने  परेको अवस्थामा यी सब्जीहरुलाई हल्का मनतातो पानीमा पखालेर मात्र सेवन गर्नु पर्दछ।

आलु / सखरखण्डा

मनसुनको समयमा आलु , सखरखण्ड साथै काउली ,भिंडी ,केराउ जस्ता खानेकुराको सेवन गर्नु हुदैन किनकि यसको सेवनले अपच  र इन्फेक्सन हुने सम्भावना हुन्छ।

काच्चो सलाद 

बर्षातको समयमा काँचो सलाद खानबाट बच्नु पर्नेछ। कच्चो सलादमा साना साना किरा हुने सम्भावना रहन्छ । त्यसैले बर्षाको समयमा काच्चो सलादलाई तासेर मात्र खाने गर्नु पर्छ।  जसले गर्दा सलादमा भएको किटाणु नष्ट भई यो स्वास्थ्यवर्द्धक समेत रहेको छ।

च्याउ 

बर्षाको मौसममा च्याउ खानाबाट सकेसम्म बच्नु पर्नेछ। यस मौसममा च्याउमा इन्फेक्सन हुने खतरा अन्य मौसमको तुलनामा बढी हुने गर्छ।

मसलेदार पकौडा

बर्षातको समयमा अमिलो पिरो खालको खाना खाने मन लगभग सबैको हुन्छ तथापी बर्षातको समयमा सरसफाईमा बिशेष ध्यान दिनु पर्ने हुन्छ। बर्षातको समयमा सडकको किनारमा पाइने पाकौडा  स्वास्थ्यका लागि हानिकारक छ।  किनकि यसमा प्रयोग गरिने अशुद्ध तेलले गर्दा पेटमा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ।

काटिएको फल 

सडक किनारमा पाइने काटिएका फलहरु बर्षातको समयमा बिल्कुलै सेवन गर्नु हुदैन किनकि गर्मीको समयमा खुल्ला छोडेका खानेकुरामा झिंगा बस्ने र जसले गर्दा इन्फेक्सन हुने खतरा हुन्छ।

सी फुड 

बर्षातको समय झिंगा र माछाले बच्चाको जन्म दिने समय हो, त्यसै कारणले गर्दा मनसुनमा समुन्द्री किनारमा पाइने सी फुडको सेवन गर्नु हुदैन।

जुस 

सडक छेउछाउमा बिक्रिका लागि राखिएको फलफूलका जुसमा फोहोर पानी मिसाईएको हुन्छ , जसले गर्दा पेटमा इन्फेक्सन हुने सम्भावना रहन्छ।  त्यसैले मनसुनको समयमा धेरै भन्दा धेरै जुसको सेवन गर्नबाट बच्नुपर्ने हुन्छ।

 

 

प्रकाशित : बिहिबार, जेठ ३०, २०७६०८:१५

यी फलको बोक्रा प्रयोग गरि हटाउन सकिन्छ शरीरको मुसा, हेर्नुहोस !